हनुमान ढोकाको दसैँघरमा फूलपाती

कहिलेसम्म जनतामाझ जान रोक्छौ ? वैशाख ३० त आइसक्यो : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जनतामाझ जानबाट कहिलेसम्म रोक्छौ भनेर गठबन्धन आवद्ध दलका नेतालाई प्रश्न गर्नुभएको छ । 

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा जाने तयारी गरेपछि गठबन्धन गरेर हटाएको बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘जनतामाझ जाने भनेपछि गठबन्धन गरेर हटाए । उनीहरुसँग काम गरेको भन्ने कुरा छैन । उनीहरु भन्छन्– जनतामाझ जान खोज्यो, सरकाबाट हटायौँ । कहिलेसम्म जनतामाझ जान रोक्छौ, ३० वैशाख त आइसक्यो ।’ 

अदालतले एमाले संसद भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उहाँले कांग्रेसले गर्दा संवैधानिक भनेको बताउनुभयो । 

कांग्रेसले लोकतन्त्रको परिभाषा बदलेको बताउँदै उहाँले कांग्रेस कार्यकर्ताले अरु पार्टीलाई मत दिनुपर्ने अवस्था आएको बताउनुभयो । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ५६ बजे