हनुमान ढोकाको दसैँघरमा फूलपाती

मतदाताले एमालेप्रति देखाउनुभएको सहानुभुति नै एमालेको विजय हो : सुमित्रा त्रिपाठी पाण्डे

​​​​​​काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन आउन अब ३ दिन बाँकी छ । योसँगै बुढानीलकण्ठ नगरपालिकामा दलहरूले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइरहेको छ । 

नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी सुमित्रा त्रिपाठी पाण्डे नेकपा एमालेले ९ नं‍ वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको बताउनुहुन्छ । उहाँ आसन्न निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका सबै वडामा एमाले विजय हुने बताउनुहुन्छ ।

‘हामीले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अगाडी बढाइरहेका छौँ । हामी घरदैलो कार्यक्रममा जाँदा दाजुभाइ दिदी बहिनीहरूले नेकपा एमाले प्रति देखाउनुभएको जुन सहानुभूति छ,जुन माया दिनुभएको छ । यो नै हाम्रो विजयीको यात्रा हो’,उहाँले भन्नुभयो । 

उहाँ बुढानिलकण्ठ वडा नम्बर ९ मा विकास र योजनाका काम थुप्रै भएको र त्यसलाई निरन्तरता दिन नेकपा एमालेले जित्नुपर्ने बताउनुहुन्छ । देश विकास गर्ने पार्टी भनेको नेकपा एमाले मात्र रहेको पाण्डेको दावी छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित हुनभएकी पाण्डेले कार्यबाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । वडामा पाँच वर्ष विताउनुभएकी पाण्डे आफुले पाँच वर्षमा धेरै अनुभव बटुलेको बताउनुहुन्छ । उहाँ त्यही अनुभवलाई साट्न वडाध्यक्षमा आफ्नो उम्मेदवारी दिएको बताउनुहुन्छ । ‘अघिल्लो निर्वाचनमा म वडा सदस्यमा निर्वाचित भएको थिए । वडाध्यक्षलाई डिभि परेर अमेरीका गएपछि कार्यकारी वडाध्यक्ष पदको जिम्मेवारी सम्हालेको थिए । त्यहाँबाट धेरै अनुभव बटुले त्यसैले त्यही अनुभवलाई साट्नका लागि अहिले पार्टीले वडाध्यक्ष पदमा उम्मेदवार बनाएको छ ’,उहाँले भन्नुभयो । 

बुढालिकण्ठ नगरपालिकाको वडा नं ९ की यीनै कार्यवाहक वडा अध्यक्ष अहिले भने वडा अध्यक्षको उम्मेदवार हुनुभएको छ । कोरोना महामारीमा वडा अध्यक्षले विदा लिएर अमेरिका पलायन भएसँगै तीन वर्ष कार्यवहाक चलाउनु भएकी पाण्डे यसपाली आफै वडा अध्यक्षको उम्मेदवार बन्नु भएको हो ।

एमालेबाट उम्मेदवार बन्नुभएकी उहाँ यसपटक पनि आफ्नो जित शुनिश्चित भएको बताउनुहुन्छ ।आफ्नो वडाबाट स्थानीयवासी र पार्टीले आफूलाई अघि सारेका कारण उम्मेदवारी दिएको बताउनुहुने उहाँले  यस पटक आफ्नो वडामा समाजिक विकासका कामलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुहुन्छ । उहाँ बूढानीलकण्ठबाट एक्ली महिला वडाध्यक्षका उम्मेद्वार हुनुहुन्छ । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ३९ बजे