सरिता तिवारी एक लेखक हुन् । उनी तारन्तार एमाले र ओली विरुद्ध एक प्रसिद्ध छापा पत्रिकामा लेख लेखि रहन्छिन् । पटक पटक ओली विरोधी लेख लेख्ने सरिता तिवारी ताक परे तिवारी नत्र गोतामे रहिछन् । तिवारी ओली विरुद्ध अन्धवादी तरिकाले लागेकी छिन् । भियतनामका नेता होचिमिन्ह काका भन्थे, बीपी कोइरालालाई सान्दाइ भन्थे,पुष्पलालाई माल्दाइ भन्थे कसैको टाउको दुखाइको विषय बनेन । आफ्ना प्रिय नेतालाई घरकै अभिभावक सरह आदर र सम्मान गरिन्छ , गर्छन् । यसमा रिसाउन्, पर्ने कुनै कारण छैन तर केपी ओलीलाई जनता र कार्यकर्ताले बा भनेर सम्बोधन गर्दा सरिता तिवारीको रिसको पारो छुट्तो रैछ । यसै विषयमा पत्रिकामा लेख लेख्तिरहिछन् । लेख्ने विषय नै केही
नै नभएर र नभेटेर गाली पुराण कसरी लेख हुन्छ होला ? सरितालाई थाहा हुनु पर्छ द्वन्द्ववाद अर्थात् कुनै पनि वस्तु, व्यक्ति र चीजमा थोरै धेरै जति भए पनि सकार र नकार दुवै हुन्छ । तर तिवारी एमाले र ओलीको सकार केही देखिनन् सकार देखे पनि तिनलाई खूव डाहा ईष्र्या र जलन हुँदो रहे्छ । तिवारी एउटी आमा पनि हुन् । संस्कृतिको श्लोकमा आमा कुमाता कहिल्यै हुँदैनन् भनिन्छ र हो पनि अझ त्यहाँ आमालाई गुरुकी पनि गुरु मानिएको रहेछ तर सरिताले नेपाली समाजलाई के सिकाउन खोजेकी हुन् । यस्ता रिस आवेगले भरिएका लेख पढेर उनै सन्तानले के भन्लान् अलि पछि पढेर बढेपछि आफ्नै आमाका लेख पढेर तिनले पछुताउनु पर्ने हुनसक्छ । धेरै पछि सम्म पनि शिक्षा दिने लेख लेखे पो लेख कहलाउँछ होला ।
तिवारीमा अति सामान्य विवेक पनि छैन । अति सामान्य हृदय पनि छैन । आमा त वात्सल्यकी खानी हुन् । के तिवारीमा गुहु र गोवर छुट्याउने अलिकति पनि चेत छैन । लेखे वापत केही पारिश्रमिक पाइन्छ भनेर जे पायो त्यही लेख्ने ? डा. पोखरेललाई पनि एक पत्रिकाका सम्पादकले यस्तो यस्तो लेख लेख्नुहोस् भनेछन् तर पोखरेलले उक्त सल्लाह मानेनन् ।
उनले मानेका भए केही पैसा र काठमाडौँ र विराटनगर आतेजाते प्लेन भाडा पनि दिन्थे होलान् । के लेखक पनि भाडामा बिक्ने चिज हो र । आफ्नै विवेक र स्वाभिमान बन्धक राखेपछि माता भइन्छ कि कुमाता ? हामी ममतामयी वात्सल्यमयी माता हुने कि दुष्टमाता हुने ? तिवारीजीले छिटै छुट्याउनु होला । छोरी होस् कि नातानी होस् सबै भन्दा पहिले ती आमा हुन् । तिनमा ममतामयी आमामा हुने जन्मजात प्रकृतिले दिएका गुण हुन्छन् । जब तिनमा सामान्य संवेदना पनि छैन भने तिनलाई आमा भन्न सकिन्न । हलाहल जस्तो बिसालु बिस मात्र छ भने र त्यही मात्र लेखकमा व्यक्त गर्ने हो भने आमा हुन सकिन्न । देशको शत्रुलाई भन्दा पनि महशत्रु ठान्ने नारी नारी होइन र हुन्नन् । आफूले कहिल्यै नदेखेको र नचिनेको एउटा निर्दोष र निरपराध मानिसलाई आफ्ना सामु अत्याचार गर्दा पनि माया दया जस्ता भावनाले छाती रसाउँदैन भने तिनलाई आमा भन्नु बेकार छ ।
आमाका सामु सबै सन्तान बराबरी हुन्छन् । नेपाल आमाका अगाडि सबै सन्तान बराबरी हो । तर आमा पनि धन्धुकारी छोरालाई डरले घिउ र भात दिन्छिन् । दिएन भने धन्ध्ुकारी छोराले घरको खाँवो हल्लाउन थाल्छ । तथापि त्यस छेरालाई सपार्न सकिन्छ कि भनेर वा आश र त्रासमा परेर आमाले मायाँ गरेकै हुन्छ । कुनै पनि आमाले धन्धुकारी छोरालाई पनि पूरै तिरष्कार गर्दिनन् । आफ्नो कलेजाको टुक्रालाई माया मार्न सक्तिनन् । त्यसैले नारी सर्वप्रथम आमा हुन् । यस खालको प्राकृतिक पक्ष कुनै आमा छैन भने ती कृत्रिम आमा हुन् । सामान्य विवेक पनि नभए पछि मानिस मानिस रहँदैन । अङ्ग अवयव मात्र भएर मानव भइँदैन । त्यस्तै आमा हुनका लागि त्यस अनुसारको पहिचान वा लिङ्गले मात्र हुँदैन । अझ सर्जक भनेको त जहाँ रवि वा सूर्य पुग्दैनन् त्यहाँ कवि पुग्छन् भनिन्छ
आमासित बाहिरी र भित्री आँखाहरु हुन्छन् ।
। तिवारीले बैशाख २७ गतेको पत्रिकामा लोकतन्त्र कि चुनावतन्त्र ? शीर्षकको लेख छापिएको छ । यसमा तिवारीले ओली र एमाले विरोधी झुसिला डकार गरेकी छिन् ।
तिवारीले आफ्नो लेखमा ओली र एमालेलाई सोझो रुपमा एकल नश्लवाद र पहाडे राष्ट्रवादको जगमाथि टकर्टुइयाँवादी राजनीतिको सेरोफेरोमा मौलाएको प्रतिगमनकारी ओलीराज भनेकी छिन् । भारतले गरेको नेपाल नाकाबन्दी विरुद्ध चट्टानी अडान राख्ने ओली नश्लवादी र पहाडे राष्ट्रवाद भन्ने तिवारीको राष्ट्रवाद मात्र मुकुण्डो राष्ट्राद हो । तिवारीका नजरमा चुच्चे नक्सा बुच्चो पार्ने देउपा चाहिँ सही राष्ट्रवादी ? महाकालीमा मारिएका जयसिंह धामी प्रकरणमा मौन बस्नु प्रगतिशील वा अग्रगामी ? महाकालीमा भारत तर्फ पक्की बाँध वा पर्खाल लगाउँदा मौन बस्नु गठबन्धनको राष्ट्रवाद हो ? तालाचाबी लिएर बसेको सरकार २४ लाख कोरोना खोप हरायो भन्छ तर चोरको खाजी गर्दैन होइन तिवारी पनि यस्ता विषय उठाउँदिनन् किन के उनी यसको मतियार भएर हो ? प्रदेश मन्त्रालय ७ बाट १५ भन्दा बढी बनाएर देशको धन ब्रह्मलुट मच्चाउन्ुु तिवारीको नजरमा राष्ट्रहित र जनहित हो ? जवाफ दिने आँट छ तिवारी जी । यसको जवाफ छैन भए फेरि अर्को दिन पत्रिकामा अक्षरका ताँती लागून् । नत्र कलम छ भनेर जे पायो त्यही बोलेर लेखक बनिन्न । एमालेमा लेख्ने र गलत कुराको खण्डन गर्ने महिला अझै मरेका छैनन् । पदीय हिसावले माथिल्लो समितिमा नभए पनि तिवारीजी जस्ताका ताक परे तिवारी नत्र गोतामे बोृली र व्यवहारलाई सुधार्ने गरी लेख्ने महिला छन् । अति भो अब यसरी तथानाम अखबार सिगार्न पाइन्न । ओली सरकारलाई विस्थापन गरेर बनेको भनिएको गठबन्धन पनि जनताको लोकतान्त्रिक अपेक्षाको रक्षा गर्ने शुद्ध मनसायबाट प्रेरित थिएन ।
तिवारी कहिले एमाले र माओवादी हुँदै अहिले पिँधबिनाको लोहोटा जस्ती भएकी रहिछन् । तर वास्तमा उनी मूलतः एमाले र ओली विरुद्ध मनगढन्ते लेख लेख्ने जिम्मेवारी पाएकी तलव जीवी लेखक हु्न् जस्तो लाग्यो । किनभने मालिकले भने अनुसार लेख्नु पर्छ अनि मात्र दाम र नाम पाइन्छ । जनताका लागि कलम चलाउनेलाई भने सामान्य धन्यवाद पनि भन्ने नेता र महिला भेटिन्न । बरु प्रतिक्रियावादीहरु आफ्ना लेखक र लेखको तारिफ गर्छन् । अझ हामी जस्ता महिलाका लेख र रचना पढिदिने र लेखकलाई प्रोत्साहित गर्नेको सर्वथा अभाव रहेको छ । पार्टीकी स्थायी समिति सदस्य बिन्दा पाण्डेले केही दिन अघि बाल्ने क्रममा महिला समानताको कुरा उठाउँदै थिइन् तर उनी उच्च तहको बौद्धिक वैचारिक तथा लेखन जस्ता विषयमा प्रायः महिलामा रहेको उदासीन वा वेवास्ता गर्ने परिपार्टी विरुद्ध कुनै योजना बनाउन सकेको देखिन्न । एउटी राष्ट्रिय सभा सदस्य तथा कार्टी केन्द्रीय सदस्य महिला नेतृले बहुराष्ट्रको अर्थ धेरै राष्ट्रहरुभन्दा यस लेखकलाई लाज लाग्थ्यो । एउटा सक्षम नेता वा नेतृमा बहुआयामिक विषयगत जागरण क्षमता हुन्छ । जननेता मदन भण्डारी जहाँ जुन घरमा पुग्नुु हुन्थ्यो । त्यहाँका सबै उमेर समूहका मानिसमा गहिरो प्रभाव पार्न सकनु हुन्थ्यो । उहाँ थोरै समयलाई पनि धेरै भन्दा धेरै सदुपयोग गर्नु हुन्थ्यो भन्ने मैले पढेकी छु । त्यसैले नाम मात्रको र पदको मात्र नेता वा नेतृ भएर मात्र हुँदैन । उसले समाजलाई के कति गहिरो प्रभाव पार्छ भन्ने कुरा महान् हो । एमालेका कति केन्द्रीय पोलिटब्युरो र स्थायी सुमिति सदस्य के कति बह्ुमुखी प्रतिभाशाली छन् । यो कुरा तिनका विचार व्यवहारले सजिलै थाहा हुन्छ । कुनै पनि बृक्षमा बोक्रो,पलाँस र चुरो हुन्छ । बोक्रे , पलाँसे नेता भन्दा चुरो नेता महान् हुन्छ । त्यसैले अखबारमा अक्षरका ताँती मात्र लगाएर लेखन्ते भइन्छ लेखक भइन्न । आफ्ना निजी भँडास,रिस,आवेग र असन्तुष्टि मात्र पोखेर लेखक भइन्छ र ? एउटा लेखमा एउटा पनि उदाहरण दिन लायक शिक्ष दिने एउटा पनि बाक्य छैन भने त्यो लेख के लेख ? जुन लेखकले जात, भात,नाक र नश्लको भड्काउ राजनीतिमात्र गर्छ र देशमा उपर्युक्त खालका गतिविधि गर्न उक्साउँछ भने त्यो लेख होइन लेखौट हो । उनी प्रगतिशील कविका रुपमा परिचित रहिछन् । हाम्रा घरमा उनको एउटा कविता संग्रह रहेको छ ।
अहिलेको स्थानीय निर्वाचन पनि देश र जनता र जनजीविकाका पक्षधर पार्टी, गठबन्धन र व्यक्तिलाई विजय गराउने कि त्यसका विरोधी पार्टी,गठबन्धन र व्यक्तिलाई विजय गराउने भन्नेमा केन्द्रित छ । जयसिंह धामी प्रकरण दोहो¥याउने हो भने चुच्चे नक्सा बुच्चे पार्ने र अझ ठूलो आकारको राष्ट्रघात गर्न दिने हो भने जनविरोधी गठबन्धनका उम्मेदवारलाई मतदान गर्दा हुन्छ ।
संसारमा नभएको तमासा यही गठबन्धनले गरिरहेको छ । ओली सरकारसित तुलना गर्दा यो सरकार अहिले सम्मकै सबै भन्दा निकम्मा सरकार हो । अलिकति सामान्य विवेक राख्ने जो कोहीले भारत अनुकूल वा कन्फर्टेवल सरकार र गठबन्धनका उम्मेद्वारलाई भोट दिनु राष्ट्रघातलाई भरपूर सहयोग गर्नु हो । त्यसैले जनताले प्रत्यक्ष अनुभव गरेपछि तिवारीजीका झुटमुट लेखले जनतामा केही र कत्ति पनि प्रभाव पर्दैन । धेरै दुःख नगरे हुन्छ । हजार लेख र सिद्धान्त भन्दा ओली सरकारले गरेको एउटै जनहितकारी काम जनतालाई प्रत्यक्ष प्रभाव पार्ने र पर्ने काम अत्यन्त प्रभावशाली हुन्छ ।
इटहरी निवासी लेखक अनेम संघ,केन्द्रीय सदस्य हुन् ।
प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार ४ : ३२ बजे
प्रतिक्रिया