हनुमान ढोकाको दसैँघरमा फूलपाती

काठमाडौंलाई विश्वको कुनै सहर जस्तो होइन कान्तिपुरी नगरी बनाउँछु : सुनिता डंगोल

काठमाडौं । एमालेबाट काठमाडौं महानगरको उपमेयर पदमा उम्मेदवारी दिनुभएकी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँलाई विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताउनुभयो । 
‘काठमाडौंलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उहाँले भन्नुभयो, ‘तर, काठमाडौंलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’ 

काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने बताउँदै देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताउनुभयो । 

सहभागीको जवाफ माग्दै सम्बोधन गर्नुभएकी उहाँले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई निजाउनुपर्ने बताउनुभयो । जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उहाँले एमालेलाई मत दिन आह्वान गर्नुभएको छ । 
 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ५५ बजे