हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

सबै अवसर छोडेर समाज रुपान्तरणमा लागेका पृथ्वीको मेयरको सपना

पाँचथर । २०६० सालमा बाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्दा पृथ्वी लावतीसँग आकर्षक रोजगारीका लागि दर्जनौं अवसरहरु थिए । बाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नेको सङ्ख्या नै निकै कम थियो । केही आफन्त र साथीभाइले उहाँलाई आकर्षक जागिर खान सुझाव पनि नदिएका होइनन् । तर स्नातकोत्तर उत्तिर्ण गर्नुभन्दा ७ वर्ष अघिबाट अनेरास्ववियु र नेकपा (एमाले)को राजनीतिमा सक्रिय लावतीका लागि ती सुझावले काम गरेनन् । फलतः उहाँले समाज रुपान्तरण र राजनीतिमै आफूलाई समर्पित गर्ने निश्चित गर्नुभयो ।

पाँचथरको सदरमुकाम समेत रहेको फिदिममा आएर उहाँ एमालेको राजनीतिमा सक्रिय हुनुभयो । ०६६ सालमा एमाले फिदिम गाउँ कमिटी सचिव निर्वाचित उहाँ अर्को साल भेलाबाट उक्त कमिटीको उपाध्यक्ष चुनिनुभयो । ०६८ सालमा पुग्दा फिदिम नगरोन्मुख गाविस बनिसकेको थियो, अधिवेशनबाट लावती नगर कमिटीको पहिलो अध्यक्ष निर्वाचित हुनुभयो । उहाँले राजनीतिक रफ्तार र सामाजिक सेवालाई निरन्तरता दिई रहनुभयो । ०७१ पुनः उहाँ एमाले फिदिम नगर कमिटीको अध्यक्ष चुनिनुभयो ।

०७४ सालमा एमाले पाँचथरको जिल्ला कमिटी सदस्य निर्वाचित लावतीले केही महिला जिल्ला युवा समितिको अध्यक्षको जिम्मेवारी पाउनुभयो । उपयुक्त मान्छे जिल्ला कमिटीमा पाएपछि एमालेले सोही साल उहाँलाई कार्यालय सचिव चयन ग¥यो । २०७५ सालमा एमाले र माओवादीवीच एकता भई नेकपा बनेपछि उहाँ सचिवालय सदस्य र कार्यालय सचिव बन्नुभयो । नेकपा विभाजनले पुनः उहाँलाई भूगोलको राजनीतिमा ल्यायो । ०७७ सालमा उहाँ एमाले फिदिम नगर कमिटी अध्यक्ष चुनिनुभयो । ०७८ मा सम्पन्न एमाले पाँचथरको आठौं अधिवेशनले लावतीलाई सर्वसम्मत रुपमा जिल्ला कमिटी उपसचिव निर्वाचित ग¥यो ।

गाउँ कमिटीबाट नगर हुँदै जिल्लाको पदाधिकारी निर्वाचित लावतीलाई स्थानीय तहको निर्वाचनमा फिदिम नगरको प्रमुख (मेयर)को उम्मेद्वार बनाउन एमाले कार्यकर्ता र सर्वसाधारणले माग राखिरहेका थिए । कार्यकर्ता र जनताको मागबमोजिम आसन्न स्थानीय तहको निर्वाचनका लागि लावती एमालेबाट फिदिम नगरपालिका प्रमुखको उम्मेद्वार भई निर्वाचन प्रचार–प्रसारका कार्यमा सक्रिय हुनुहुन्छ ।

नगर प्रमुखका उम्मेद्वार लावतीले भविश्यमा सम्पन्न गर्न सकिने, फिदिमवासीले अधिकतम लाभ प्राप्त गर्ने, परिणाममुखी र धेरै नगरवासीले माग गरेका योजना तथा कार्यक्रमहरुलाई आफ्नो प्रतिवद्धतापत्रमार्फत नगरवासीसमक्ष लैजानुभएको छ । उहाँले कृषिको ब्यवसायिक विकासमार्फत रोजगारी सम्वद्र्धन गर्ने कुरालाई प्रथम प्राथमिकता दिनुभएको छ । यस्तै फिदिम नगरपालिकामा रहेका किराँत धर्मावलम्बीका आस्थाका केन्द्र लब्रेकुटी, सिलौटी, सुम्हात्लुङ सहित पर्यटकीय क्षेत्रहरु साधुटार, सुकेपोखरी लगायतमा पूर्वाधार विकास र प्रचारमार्फत पर्यटन प्रवद्र्धन गर्ने उहाँका योजना छन् ।

नगरपालिकाका योजनाहरुलाई प्रभावकारी बनाउनका साथै सेवा प्रवाहलाई चुस्त एवम् गुणस्तरीय बनाउने, फिदिम नगरपालिकाका १४ वटै वडाबाट बजारसम्म आइपुग्ने सडकहरुलाई बाह्रै महिना सवारी सञ्चालनयोग्य बनाउने, नगरभित्रका सबै ठाउँमा खानेपानीका समस्या हल गर्ने, विद्युतीकरण पूरा गर्ने लावतीका तयारी छन् ।

पहाडबाट तराईतर्फ बढ्दो बसाइसराई रोक्न ब्यवसायिक शिक्षाको पठन–पाठन सुरुआत गराई दक्ष जनशक्ति उत्पादन गर्ने तथा फिदिमलाई शिक्षाको हब बनाउने, फिदिम स्थित जिल्ला अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सक, उपकरण र प्रविधिले युक्त बनाई उपचारका लागि तराई झर्नुपर्ने बाध्यताको अन्त्य गर्ने लावतीको योजना छ ।

यहाँ रहेका भाषा, कला, साहित्य, संस्कृति, धार्मिक ऐतिहासिक पुरातात्विक धरोहरको संरक्षण र सम्वद्र्धन गर्ने, लघु तथा घरेलु उद्योगको विकासमा विशेष जोड दिई स्वरोजगारीमा बढावा दिने, जैविक विविधता र पर्यावरण संरक्षण गर्ने, शहरी सुन्दरता विकास र स्वच्छ नगर निर्माणमा गरी आकर्षण बढाउने लगायतका लावतीका योजना छन् । नगरवासीलाई आफूहरुसँगै नगरपालिका छ र यो नजिकको सरकार हो, हाम्रा सुख दुःख हेर्छ भन्ने अनुभूति दिलाउन आफू उम्मेद्वार बनेको लावतीको तर्क छ ।

“तपाईं नै फिदिम नगरपालिकाको मेयर किन हुनुहुन्छ ?” भन्ने प्रश्नमा लावतीको जवाफ छ – “पृथ्वी लावती त्यागको अर्को नाम हो । मैले मेरो सिङ्गो जीवन अरु कुनै काम नगरी समाज सेवामा समर्पण गरेको छु । अढाई दशकदेखि जिल्लावासीको आर्थिक अवस्था, चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा परिवर्तन र समाज रुपान्तरणका लागि केही मद्दत गर्न म हिँडिरहेको छु । मेरो त्याग र मेहनतलाई सबै नगरवासीले प्रसंशा गर्नुभएको छ त्यसैले म फिदिम नगरको प्रमुख हुन उपयुक्त पात्र भएको सबैले ठानेकाले प्रतिस्पर्धामा छु ।”

लावती अरुको आलोचना भन्दापनि आफ्ना मौलिक योजना लिएर नगरवासीसमक्ष जाने गर्नुभएको छ । “म नवीनतम सोच, वृहत्तर अन्तरक्रियाका निश्कर्षको कार्यान्वयन, समन्वय र सहअस्तित्वमा विश्वास गर्छु । मैले कसैलाई नजिक र टाढा राख्नु छैन्, आफन्त र पराई बनाउनु छैन् । म सबैको हुनाले नगरको नेतृत्व गरेर सबैको आशीर्वाद, सल्लाह र सुझावअनुसार नमूना नगरपालिका बनाउन उम्मेद्वार भएको हुँ”, लावतीले भन्नुभयो, “म नगर प्रमुख निर्वाचित भएका खण्डमा मुख्य कुरा जनताको सेवक हुन्छु । सबै वडाका सबै आमाबुवा, दाजुभाइ र दिदीबहिनीका पीर मर्का आफैँ सुन्छु, तिनको समाधानमा लाग्छु । कसैलाई भोकै पर्न, कसैलाई भोकै मर्न दिन्न । नगरपालिका नगरवासीको अभिभावक हो र उसले प्रत्यक्ष रुपमा नगरवासीको पीरमर्का देख्छ, सुन्छ र समाधान गर्छ भन्ने विश्वास दिलाउँछु । म भ्रष्टाचार गर्दिन, फिदिम नगरपालिकामा भ्रष्टाचार हुन दिन्न । मेरो पदीय दायित्वलाई कुनै पनि तरिकाले लाभ लिने माध्यम बनाउँदिन ।”

सिङ्गो जीवन सामाजिक रुपान्तरणमा खर्चनुभएका, अध्ययनशील र वौद्धिक ब्यक्तित्व लावतीको त्यागको धेरै जिल्लावासीले प्रसंशा गर्ने गरेका छन् । “मैले अरु कुनै पेशा ब्यवसाय नराजी नगरवासीको दुःख सुखमा साथ दिने कुरालाई नै जीवन ठानेकाले मलाई मेरो विगत हेरेर नगरवासीले भविश्यको यात्रा तय गर्नुहुन्छ विश्वास लिएको छु” लावतीले थप्नुभयो ।

उम्मेद्वार बनेर मत माग्दै जाँदा पनि उहाँलाई सधैँ भेटघाट भइरहेका आमाबुवा, दाजुभाई र दिदीबहिनीसँगको भेटघाट कार्यक्रमको अनुभूति भइरहेको रहेछ । “म यहाँको भूगोल, माटो र विविधता बुझेर म सक्रिय राजनीतिमा लागेको हुँ । म चुनाव आउँदा गाउँमा हिँड्ने र अरु बेला आफ्ना पेशा ब्यवसाय गर्ने मानिस होइन्”, लावतीले भन्नुभयो, “म अधिकांश नगरवासीको दुःख सुख बुझ्छु । म जिते पनि हारे पनि जनताको सेवामा सक्रिय हुने प्रण गरेर हिँडेको मान्छे हुँ । यसैले चुनावका माध्यमबाट नगरवासीले आफ्नो सहयात्रीलाई नगर प्रमुखमा विजयी गराउनुहुन्छ भन्ने विश्वास लिएको छु ।”
 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ३९ बजे