हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा हो ? : अध्यक्ष ओली 

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताउनुभएको छ। पोखरामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताउनुभएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताउनुभएको थियो । त्यसको प्रतिवाद गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ? हामीले नजितेका क्षेत्रमा बजेट दिदैंनौँ भन्न पाइन्छ ?’

केही दिन डडेल्धुरामा आयोजित चुनावीसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीपत्नी आरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिन नसकिने बताउनुभएको थियो । अध्यक्ष ओलीले विकास बजेट कसैले पनि रोक्न नसक्ने बताउनुभएको हो । 
 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ३० बजे