हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

यो झाडीमा जन्मिएको गठबन्धन हो: अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई झाडीमा जन्मिएको गठबन्धन भएको बताउनुभएको छ ।

नेकपा एमाले पोखराले आज आयोजनाको गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन झाडीमा जन्मिएको गठबन्धन भएको बताउनुभएको हो । उहाँले जनताले यस्ता गठबन्धनलाई साथ नदिने समेत बताउनु भएको छ। उहाँले यो पाँच दलीय गठबन्धन लोकतन्त्रको कलङ्क समेत रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो- "आफूले शास्त्रको कुरा गर्दा विपक्षीहरूलाई मेरा कुराहरू उखान टुक्का लाग्छ । म नीति, विचार, भिजनको कुरा गर्छु तर उनीहरूलाई उखान टुक्का लाग्छ ।' एमाले सरकारमा जाने बित्तिकै विकास, सुशासन, शान्तिको कामको सुरुवात गर्ने अध्यक्ष ओलीले बताउनुभयो ।विपक्षीले एमालेलाई खतम पार्ने प्रयास गर्नुका साथै चरित्र हत्या गर्न खोजेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पोखरेली जनताको उपस्थितिमा भएको यो विशाल जनसभाले हामी कस्तो र कत्रो  पार्टी हो भनेर देखाएको छ नत्र हाम्रो सभा पनि गठबन्धन जस्तै हुन्थ्यो होला ।

अध्यक्ष ओलीले पोखरासँग आफ्नो ४० वर्ष देखिको सम्बन्ध रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ' म पोखरा ३ वर्ष बसेको छु, पोखरेलीहरूसँग मेरो भावनात्मकता सम्बन्ध छ, तपाइहरूलाई देखेर म अत्यन्त खुसी भएको छु । म पोखराको जेलमा हुँदा मेरा थुप्रै साथी, भाइबैनीहरु थिए, यहाँका ज्येष्ठ नागरिकहरूले मलाई चिन्नुहुन्छ' उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले ड्राइभर सिटमा बस्दा सारा प्यासेन्जरलाई सुरक्षित र तीव्र विकास दिन्छ ।जनताले एमालेलाई मत मात्रै हालेर हुँदैन सुरक्षित पनि गर्नु पर्छ, परिणाम नआएसम्म चनाखो हुनुपर्छ, बाकस एक छिन पनि ओझेलमा पर्न नदिन आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले एमालेलाई प्रशासनको होइन जनताको साथ र समर्थन चाहिएको समेत बताउनु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ०९ बजे