बिपी कोइराला अहिलेसम्म हुनुहुन्थ्यो भने नेपाली काँग्रेस परित्याग गरिसक्नुहुन्थ्यो : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला अहिलेसम्म हुनुहुन्थ्यो भने नेपाली काँग्रेस परित्याग गर्ने बताउनुभएको छ । आज पोखरामा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 

उहाँले गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराईले अन्तिम समयमा त्यत्तिकै पार्टी नछाडेको बताउनुभयो । ‘कृष्ण प्रसाद भट्टराईले अन्तिम समयमा त्यत्तिकै पार्टी छाड्नुभएको होइन । गणेशमान जीले अन्तिम समयमा त्यत्तिकै पार्टी छाड्नुभएको होइन’,उहाँले भन्नुभयो ।

उहाँले नेपाली काँग्रेसका नेताहरूले कार्यकर्तालाई गन्तव्य हीन बनाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘काँग्रेसका नेताहरूले र्काृकर्तालाई गन्तव्य हीन बनाए । अब चितवनमा कसले कहाँ भोट हाल्छ थाहा छैन कसैले अण्डामा कसैले बाल्टीमा कसरी मन थामेको होला’,। 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ५२ बजे