हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

प्रचण्डको आशंका– कांग्रेसबाट धोका हुन सक्छ

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गर्नुभएको छ ।

सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशंका व्यक्त गर्नुभएको हो । उहाँले धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत बताउनुभयो ।

दाहालले भन्नुभयो, ‘बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन । कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’

कैलारी गाउँपालिकामा गठबन्धनको सहमति माओवादीलाई अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने भन्ने थियो । तर‚ सहमति बन्नुअगावै कांग्रेसबाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिनुभयो । पार्टीले प्राविधिक कारणले उहाँको उम्मेदवारी रद्द गराउन सकेको थिएन ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ०५ बजे