हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

आचार संहिताको धज्जी उडाउँदै अर्थमन्त्री शर्माले मागे गठबन्धन दलका उम्मेदवारलाई भोट

​​​​​​​काठमाडौँ । निर्वाचन आयोगको आचार संहिता विपरीत अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनमा गठबन्धन पक्षधर उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन् । उनले आचार संहिता विपरीत सोमबार गठबन्धन दलका नेतालाई विजयी गराउन अपिल गरेका हुन् । 

सरकारी अङ्ग वा अधिकारीहरूले आफै उम्मेदवार भएको खण्डमा बाहेक प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगका स्पष्ट आचार संहितामा उल्लेख छ । तर,निर्वाचन आयोगलाई धज्जी उडाउँदै अर्थमन्त्री शर्माले गठबन्धन दललाई चुनावमा जिताउन अपिल गरेका छन् । 

यसो त प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायत सरकारका मन्त्रीहरूले पनि निर्वाचन आयोगको आचार संहितालाई बेवास्ता गरिरहेका छन् । सार्वजनिक मञ्चमै उनीहरू गठबन्धन दललाई  जिताउन अपिल गरिरहेका छन् । । यसरी सरकारका प्रधानमन्त्री, मन्त्रीहरुले आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोग मूकदर्शकजस्तै बनेको छ ।

निर्वाचन आचारसंहिताको परिच्छेद–३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाइने प्रस्ट उल्लेख छ । आचारसंहितामा प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने उल्लेख छ । तर, प्रधानमन्त्री तथा गृहमन्त्री तथा अन्य मन्त्रीहरू त्यस विपरीत दैनिक जसो निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आफ्नो उम्मेदवारको पक्षमा मुखै खोलेर भोट मागिरहेका छन् ।

 

निर्वाचन आयोगको आचार संहिता विपरित अर्थमन्त्री जनार्दन शर्माले गठबन्धन दललाई जिताउन गरेको सार्वजनिक अपिल 

​​​​​​​

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ०१ बजे