एमाले अध्यक्ष ओलीले आज पोखरासहित विभिन्न चार जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्नुहुने

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पोखरासहित विभिन्न चार जिल्लाका कार्यक्रमहरूलाई सम्बोधन गर्नुहुने भएको छ  ।

चुनाव प्रचारका लागि ४८ घण्टा समय मात्र बाँकी रहँदा अध्यक्ष ओलीको चुनावी दौडाहा उत्कर्षमा पुगेको छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार बिहान १० बजे उहाँ पोखराका लागि उड्नुहुनेछ । अध्यक्ष ओली पोखरा महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर ललितपुर महानगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्न आउनुहुनेछ ।

त्यस लगत्तै अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिकामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि साँझ ६ बजे अध्यक्ष ओली भद्रपुर विमानस्थलमा अवतरण गरेर आफ्नो गृह नगर दमकमा जानुहुने कार्यक्रम छ । अध्यक्ष ओलीले दमकको नेतृत्वसँग चुनावी तयारीबारे छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ४४ बजे