हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

प्रधानमन्त्री पदका लागि कांग्रेस नेताहरूले पार्टी नै सिध्याए :अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताउनुभएको छ ।  नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 

जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन रोएको भन्दै उहाँले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्काएर जनतासँग भोट मागेको भन्दै अध्यक्ष ओलीले प्रचण्डको छोरीलाई भोट नदिएर कुनै दुर्घटना नहुने गठबन्धन मात्र हार्ने बताउनुभयो । प्रचण्डको धम्काउने बानी अझै नगएको उहाँको भनाइ छ । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ५८ बजे