हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

कर्मचारी तथा सुरक्षा निकायलाई अध्यक्ष ओलीको आग्रह निर्वाचनलाई निष्पक्ष मात्र बनाइदिनुहोस्

चितवन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गर्नुभएको छ ।  

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीहरूलाई यस्तो आग्रह गर्नुभएको हो ।  

‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दैन् । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराईदिनुहोस् । गठबन्धन त्यसै जान्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । 

निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने र आउने सरकार नेकपा एमालेको हुने उहाँले बताउनुभयो । भरतपुर महानगरको मेयरका उम्मेदवार विजय सुवेदी हट लाइन नेता भएको अध्यक्ष ओलीले बताउनुभयो । भोट हालेर उम्मेद्वारलाई जिताए विकास गर्ने जिम्मा आफ्नो भएको उहाँले बताउनुभयो ।  

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ५० बजे