हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

जनताको सेवक भएर काम गर्छु : लिम्बु

ताप्लेजुङ। अहिले देशभर स्थानीय निर्वाचनमय बनेको छ । पाँच वर्ष पछि फेरी सम्पूर्ण स्थानीय तहहरूले नयाँ नेतृत्व पाउँदैछन् । यस्तै ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेले केदारजङ लिम्बूलाई सर्वसम्मत उम्मेद्धार छनोट गरेर निर्वाचनमा भोट मागि रहनु भएको छ ।

पार्टीले दिएको जिम्मेवारीमा खुसीसँगै चुनौती थपिएको लिम्बु बताउनुहुन्छ ।
उहाँले भन्नुभयो ‘गाउँपालिकाको लागि सक्षम देखेर नै होला जिम्मेवारी सुम्पेको छ । म जित निकाल्छु । मैले जितेभने हाम्रो गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने छु ।

राजनीति यात्रा

​​​​​​​२०२७ पुस ५ गते साविक सान्थाक्रामा जन्मेका लिम्बुले सामान्य परिवारमा जन्मिनु भएको हो । उहाँको राजनीतिको यात्रा २०३६ सालबाट जनमत सङग्रहबाट सुरु गरेका हुन् । उहाँको विद्यार्थी राजनिती २०३७ सालमा राष्टिय युवा संघ इलाका सदस्य जिम्मेवारी पछि सुरु भएको हो । यो यात्रासँगै वि.सं.२०४६ सालमा जनआनदोल्नमा उहाँको सहभागिता रहेको थियो ।

यस्तै वि .सं. २०४७ सालदेखि साविक सान्थाक्रा गाविसको पार्टी कमिटीको अध्यक्ष हुनुभयो । वि।सं। २०४९ सालमा भएको स्थानीय निर्वाचनमा अध्यक्षको जितको लागि महत्वपुर्ण योगदान रहेको थियो । जिल्ला हुने पार्टीको गतिविधीमा सक्रिय लिम्बुले २०६२ ।०६३ को जनआन्दोलनमा र २०६४ सालमा भएको संविधान सभा निवार्चनमा नेकपा एमाले जिताउन महत्वपुर्ण भुमिका रहेको थियो । पार्टीको निडर सिपाली भएकोले गणतन्त्र पछि २०७४ सालमा पार्टीले लिम्बुलाई वडा अध्यक्षको उम्मेद्धार बनाएको थियो । संघियता कायान्वयनको पहिलो स्थानीय निर्वाचन २०७४ मा मेरिङदेन २ सान्थाक्राको वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । लिम्बु विकास निर्माण तथा सामाजिक काम तथा जनताको हरेक काममा तलिन एक सफल वडा अध्यक्ष हुनुहुन्छ । २०७८ सालमा नेकपा विभाजन पछि नेकपा एमाले को पहिलो मेरिङदेन गाउपालिकाको अबिधेशनबाट पालिका कमिटीका अध्यक्ष सवंसम्मत निर्वाचित हुनुभएको थियो ।
भावी योजना

उहाँले मेरिङदेन गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँनका लागि शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि जस्तै धेरै विकासको योजना बनाउनु भएको छ ‘योजना बनाएर मात्र नहुने काम पनि गर्नुपर्छ । योजना अनुसार कार्यन्वयन गरेर जनताको मन जित्ने अठोट छ उहाँको । त्यसैले उहाँले काम गरेर देखाउने अनि मात्र बोल्ने बताउनुहुन्छ ।

प्रतिवद्धता

उहाँले भन्नुहुन्छ जनताको एच्छा चाहाना र आवश्यता अनुसार पुर्वाधार निर्माणलाई गर्ने छौ । जनताले देख्ने , अनुभुति गर्ने कामको प्रतिवद्धता रहेको छ । सामाजिक जागरण र विकासमा थप सहयोग पुयाउने छ । भ्रष्टचार नगर्ने र गर्न नदिने , गर्नेलाई कार्वाही गर्ने जस्ता कामलाई पहिलो प्राथमिकता राख्नेको छ र समृद नेपाल र सुखी नेपालीको सपना साहाकार पार्ने जस्ता योजना रहेको छ ।

शिक्षा ,सुचना तथा सञ्चार

गाउँपालिका भरीका विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न र गाउँपालिकाको शैक्षिक गुणस्तर वुद्धि गर्न अतिरिक्त कक्षा संचालका लागि अनुदान रकम उपलब्ध गर्ने तथा कक्ष १२ सम्म निःशुल्क गर्ने उहाँ बताउनुहुन्छ । ताप्लेजुङ आफैमा एक विकट जिल्ला हो । त्यस माथि गाउँ गाउँमा इन्टरनेट, टेलिफोेन जस्ता सञ्चार माध्यमकोे चरम अभाव हुने गर्छ । यसलाई मध्यनजर गर्दै सबै सरकारी कार्यालय गैर सरकारी संघ सस्थाहरुमा तथा विधालयमा इन्तरनेटको सुविधा प्रदान गरिने र भुमि कर , विधुत महसुल , कर कार्यालयमा हुने सेवाको लागि इसेवा प्रणाली लागु गर्ने उहाँ बताउनु हुन्छ ।

विद्युत , खानेपानी

गाउँपालिकोे सबै वडाका घरधुरीमा विद्युत सेवा उपलब्ध गराउने ,पालिकालाई अध्यारो मुक्त क्षेत्र घोषणा गर्ने रहेको छ । १५ एम्पियर क्षमता अनतर्गत २० युनिट सम्म निःशुल्क विद्युत उपलब्ध गराउने उनको योजना रहेको छ । सथै गाउँपालिकाको प्रत्येक घरमा निशुल्क विद्युतिय चुला वितरण गर्ने प्रतिवधता जाहेर गर्नुभएको छ । मेरिङदेन भित्रका रहेका पानीका मुहानको डिपिआर गर्ने र एक घर एक धारा स्वच्छ खानेपानीको ब्यावस्था गर्ने घोषणा पत्रमा उल्लेख गर्नुभएको छ ।

पर्यटन क्षेत्र

आन्तरिक आयलाई वुद्धि गर्ने उद्देश्यले गाउँपालिकामा रहेका मेरिङदेन झरना , गुरासे पोखरी लगायतका विभिन्न पर्यटकिय स्थानहरुको पहिचान गरी पर्यटकीय क्षेत्रकोे रुपमा विकास तथा विस्तार गर्ने साथै धार्मिक तथा संस्कृतिक पुरातात्विक वस्तुहरुको पहिचान गरी संरक्षण गर्ने लिम्बुले बताउनुहुन्छ। साथै सहिद पार्कको स्थापनाका लागि डिपि आर गर्ने तथा पालिकामा एउटा भिउटावर निर्माण गर्ने योजना छ । पर्यटन सुचना केन्द्रको स्थापना गरि प्रचार प्रशार गर्ने गरि विकासका काममा जोड दिने बताउनुहुन्छ ।

कृषि क्षेत्र

नेपाल एक कृषि प्रधान देश हो । विषेश गरी गाउँपालिकामा अभिकांश मानिस कृषिमा आधारित छ । यस गाउँपालिकाको कृषि क्षेत्रलाई अधुनिकिकरण गरी व्याबसायीक बनाउने उनको योजना रहेको छ । साथै युवाहरुलाई व्यावसायीकरण गर्न विभिन्न कार्यहरुकोे सञ्चाल गरीने योजना रहेको उहाँ सुनाउनुहुन्छ । ‘हाम्रो गाउँपालिकाको माथिल्लो क्षेत्रमा अलैची खेती हुने भएकोले आधुनिक खेती प्रणालीलाई प्राथमिकता दिने योजना रहेको छ ।

खेलकुद क्षेत्र

गाउँपालिका भित्र सुविधा सम्पन्न रङ्गशाला निर्माणकोे सुरुवामा पहल गर्ने लिम्बुकोे योजना रहेकोे छ । यस्तै ब्याडमिटन, भलिबल खेल सञ्चान गर्न प्रत्येक वडामा एक खेलमैदान निर्माण र दोभानमा कवर्ड हलकोे व्यास्थातथा खेल क्षेत्रको विकासका लागि खेलाडी उत्पादन गर्ने र उदयमान खेलाडीलाई प्रोत्साहनका लागि भिन्न प्रकारका खेलकुदको आयोजना गर्ने योेजना उहाँको रहेको छ ।

यातायात क्षेत्र

स्थानीय क्षेत्रकोे ग्रामिण भेगमा सबैभन्दा ठूलोे आवश्यकता भनेको नै यातायात हो । विशेष गरी ताप्लेजुङको सदरमुकाम देखि गाउँपालिका जाने सडक कच्ची रहेको छ । यो बाटोमा हिउदोकोे समयमा धुलो र वर्षा सिजनमा त गाडी नै चल्दैन यसलाई मध्यनजर गर्दै पालिकाकोे केन्द्रबाट सदरमुकाम जोड्ने बाटो कालो पत्रे गर्न पहिलो प्राथमिकतामा रहेको र मेरिङदेन रिङ रोडको अवधारण ल्याउने उहाँको योजना रहेको छ ।

स्वास्थ्य क्षेत्र

सबै वडाका स्वस्थ्य संस्थाहरुबाट आधारभुत स्वस्थ्य सेवा उपलब्ध गराइने र वडाहरुमा विभिन्न समयमा निशुुल्क स्वस्थ्य शिविर सञ्चालन गरिने उहाँले सुनाउनु भयो । विपन्न वर्गका नागरिककाहरुका लागि आपतकालिन स्वस्थ्य समस्या परेका बेला स्वस्थ्य शिविर सञ्चालन तथा आधारभुत औषधी वितरण गर्नुका साथै स्वस्थ्य स्वयम सेविका हरुलाई थप प्रोत्साहन भत्ताकोे व्यवस्था गर्ने उहाँको भनाई छ ।

२०७४ सालको निर्वाचानलाई फर्केर हेर्दा नेकपा एमालेले नेपाली काङग्रेसग हार बेहारेको थियो । नेपाली काङग्रेसका उम्मेद्धार गणेष बहादुर लिम्बुले नेकपा एमालेका मंगलसिह केदेमलाई हराएका हुन् । यो पटक एक कार्यकाल वडाअध्यक्षको अनुभब सफल ब्यत्तित्व केदारजङलाई नेकपा एमालेले पालिका अध्यक्षको उम्मेद्धार बनाएको छ । यस पटक पालिकाको अध्यक्षका उम्मेद्धार लिम्बु आम जनताको आसाका केन्द्र विन्दु हुनुहुन्छ । उहाँ भन्नु हुन्छ जस्तो सुकै गठबन्धन भएपनि मेरो जित सुनिश्चित रहेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ५४ बजे