हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

गठबन्धन दलका नेताहरु जस्तो तपाईँहरुलाई धम्क्याउन आएको होइन : एमाले उपाध्यक्ष बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताउनुभएको छ । 

भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उहाँले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताउनुभयो । 

‘म तपाईहरुलाई धम्क्याउको निम्ती यहाँ उपस्थित भएको छैन । म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन । म सहयात्रीलाई घुक्र्याउन पनि उपस्थित भएको छैन,’ बादलले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न चाहन्छु ।’ 

अहिले देश ऐतिहासीक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौत र अवसर लिएर आएको उहाँले बताउनुभयो । 

‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी समाना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरुले यी प्रश्नहरुको उचित जवाफ दिनुपर्ने भएको छ,’ उहाँले भन्नुभयो । 

अहिले देशमा दुई धारबीच संघर्ष चलेको उहाँले बताउनुभयो। एउटा धार ठूला पूँजीपतीहरुको जसको प्रतिनिधित्व पाँच दलिय गठबन्धनले गरेको उहाँले बताउनुभयो । अर्को धार देशभक्तहरुको रहेको, जसको नेतृत्व एमालेले गरेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ४९ बजे