हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

भरतपुरमा शिलान्यास गरेर पुरा गरेको परियोजा एउटै छैन ः विजय सुवेदी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको बताउनुभएको छ ।  

भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भरतपुरको व्यवस्थित विकास गर्नबाट दाहाल चुकेको समेत बताउनुभयो । 

‘भरतपुरमा व्यवस्थीत विकासको सुरुवात भएन । महानगर प्रमुख रेणु दाहालले आफैले शिलान्यास गरेर पुरा गरेको परियोजना एउटा पनि छैन । केही परियोजना शिलान्यास भएको छ तर व्यवस्थित छैन,’ सुवेदीले भन्नुभयो ।

भरतपुर क्षेत्रमा एकसाथ विकास गर्नुपर्ने उहाँले बताउनुभयो। बसोबास बढ्दै जाँदा भरतपुर टुक्रिदै गएकोमा उहाँले चिन्ता व्यक्त गनुर्भभयो । व्यवस्थित योजना बिना विकास अघि बढाउँदा भोलीका दिनमा काठमाडौंले भोगेको नियती भरतपुरले भोग्नुपर्ने उहाँले बताउनुभयो। 

‘अब हामीले ५० वर्ष पछिको सोचेर भरतपुरको व्यवस्थित विकास गर्नुपर्छ । भरतपुरलाई सुरक्षित सहर बनाउनु पर्छ । नेपालको नमुना सहर बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो। 

आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ३६ बजे