सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–३ जमुवा चोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गाँउपालिका ५ बस्ने ३० वर्षीय ईस्राफिल आलम रहेका छन् । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । 

प्रदेश २–०३–००१ ख २७२४ नम्बरको ट्रकले को १९ प ३८७३ नम्बरको मोटरसाइकललाई आज दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ३३ बजे