हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

वडा अध्यक्ष बन्ने दौडमा कामपा ७ का ‘एम्बुलेन्स जनप्रतिनिधि’ भट्टराई

काठमाडौं​​​​​​​ – आगामी ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर सातमा सूर्य ध्वजावाहक उम्मेदवार कृष्णमणि भट्टराईको टिम अग्रस्थानमा रहेको छ । आफ्नो पेसा व्यवसायलाई भन्दा जनताको सेवामा सामाजिक र राजनैतिक क्षेत्रलाई प्राथमिकतामा राखी अहोरात्र खटेका कारण यस्तो अवस्था पैदा भएको हो ।

त्यसो त गठबन्धनका अन्य दलहरू पनि मैदानमा त छन्, तर ती दलहरू प्रतिस्पर्धीका रूपमा खडा हुन सकेका छैनन् । गत निर्वाचनमा वडा सदस्यमा पपुलर मतकासाथ निर्वाचित भएर जनताको सेवामा दिनरात झरीबादल नभनी समर्पित भएर लाग्ने मौका पाएका कारण उनको विजय यात्रा लगभग निश्चित प्राय देखिन्छ । यतिसम्म कि, वडावासीले हाम्रो टोलमा समस्या भयो, तपाई कहाँ हुनुहुन्छ ? भनेको १५ देखि २० मिनेटभित्र सम्बन्धित स्थानमा पुग्ने र समस्या समाधान गर्ने गरेका कारण भट्टराई ‘एम्बुलेन्स जनप्रतिनिधि’का रूपमा समेत परिचित छन् । त्यति मात्रै हैन, उनले सधैँ भन्ने गरेको एउटै वाक्य छ, त्यो हो– ‘जनताको सेवा गर्दा भोक निद्रा बिर्सन्छु ।’ वास्तवमा यो शब्द उनले बोल्नका लागि मात्रै बोलेका हैनन्, व्यवहारमै उतार्दै आएका छन् ।

कामपा सातमा निर्वाचनको तयारी र विजय हुने आधारका विषयमा निर्वाचन परिचालन कमिटीका सह–संयोजक उत्तम अधिकारीसँग जिज्ञासा राख्दा अधिकारीले भने– यस वडामा निर्वाचनको गतिविधि तीव्र रूपमा भइरहेको र यस वडाका मतदाताको अपार माया र सद्भाव प्राप्त भएकोले सूर्य ध्वजावाहक कृष्णमणि भट्टराईको टिम नै विजयी हुने कुरामा कुनै शङ्का छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ५५ बजे