भोटखोला सडकखण्ड सातादेखि अवरुद्ध

किमाथाङ्का । सङ्खुवासभाको  मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का–खाँदबारी सडकमा सुक्खा पहिरोका कारण सडक अबरुद्ध हुँदा निर्वाचनका लागि त्यसक्षेत्र जाने कर्मचारी र यात्रु अलपत्र परेका छन् ।

समाटारमा सुक्खा पहिरो खसेपछि भोटखोला जाने सडकखण्ड एक सातादेखि अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर दिपेश रजकले जानकारी दिनुभयो । उहाँका अनुसार सुक्खा पहिरो झर्नेक्रम नरोकिएका कारण त्यस क्षेत्रमा स्काभेटर पु¥याएपनि सडकखण्ड खुलाउन समस्या भएको छ । 

सुक्खा पहिराले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानी समस्यामा भएको हो । निर्वाचनको समयमा यात्रुको  चाप बढिरहेको अहिलेको अवस्थामा पहिरो नरोकिएका कारण यात्रु बाटोमै अलपत्र परेको जनाइएको छ । 
 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : २३ बजे