हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

जीवनको पहिलो मतदान सूर्यमा गर्न नयाँ मतदातालाई ओलीको आग्रह 

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ मतदाताहरूलाई जीवनको पहिला मतदान सूर्यमा गर्न आग्रह गर्नुभएको छ । नयाँ मतदाताकाहरूको जीवनस्तर विकसित देशका नागरिकको भन्दा कम हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । 

नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले जीवनको पहिलो मतदान सूर्य चिह्नमा गर्न आग्रह गर्नुभएको हो । जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरेर विकासको नयाँ युगमा प्रवेश गर्न ओलीले आग्रह गर्नुभयो । 'तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ,' ओलीले भन्नुभयो । 

उहाँले नयाँ मतदातालाई मात्र नभएर नेपाली कांग्रेसलाई मतदान गर्ने सोच बनाइरहेका मतदातालाई समेत सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु,’ ओलीले भन्नुभयो, ‘यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिह्नमा मतदान गरौं ।’

अब कम्तिमा दुई अवधि (पाँच/पाँच वर्ष) को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्‌मा नेकपा एमालेलाई विजयी गराउन पनि उहाँले मतदाताहरूलाई अनुरोध गर्नुभयो ।  ‘नेकपा एमालेलाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाक्षां पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि आदरणीय मतदाताहरू समक्ष साथ, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्दछु,’ ओलीले भन्नुभयो । 

गठबन्धन बनाउनको लागि जनताको मत नचाहिने भन्दै जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने ओलीको भनाइ छ । त्यो सुनौलो युग नेकपा एमालेले सुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : १७ बजे