केशव स्थापित र बालेन शाह जम्काभेट, दिए एक–अर्कालाई शुभकामना

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहको जम्काभेट भएको छ । 

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौँको शान्तिनगर क्षेत्रमा एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डङ्गोलसहितको जुलुस र बालेनको समूह जम्काभेट भएको हो ।

भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अङ्कमाल गर्दै शुभकामना दिई हार्दिकता देखाउनुभएको छ । 

 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : २१ बजे