हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

एमाले अध्यक्ष ओलीले आज भरतपुर र बुटवलमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज स्थानीय निर्वाचनको चर्चामा रहेको भरतपुरको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओली भरतपुरको चुनावी सभालाई सम्बोधन गर्न आज दिउँसो ३ः०० बजे त्यसतर्फ जानुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । 

भरतपुरको चुनावी सभालाई अध्यक्ष ओलीसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहाल उम्मेदवार भएकाले भरतपुर सर्वाधिक चर्चित स्थानीय तह हो । दाहाललाई जसरी पनि जिताउन राज्यका सबै स्रोत साधन खर्च भएपछि चुनावी माहौल झन् तातिएको छ । दाहाललाई ब्रेक लगाउन काँग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल मैदानमा हुनुहुन्छ । 

एमालेले निवर्तमान प्रदेश सांसद विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । अघिल्लो स्थानीय चुनावमा हार्ने निश्चित भएपछि मतपत्र च्यातेर पुनः निर्वाचन गराएर रेनुलाई मेयर बनाइएको थियो ।

त्यस्तै, अध्यक्ष ओली भरतपुर जानुअघि आज दिउँसो १२ः०० बजे बुटवलमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ । 

बुटवल उपमहानगरमा नेकपा एमालेले बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ भने, सत्ता गठबन्धनबाट काँग्रेस नेता खेलराज पाण्डे साझा उम्मेदवार हुनुहुन्छ।

बुटवलमा एमाले विगतको विरासत जोगाउन लागिपरेको छ भने, काँग्रेस एमालेलाई पराजित गरी नेतृत्व फर्काउन कस्सिएको छ। 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : ०९ बजे