तीन वायुको संयुक्त प्रभाव, आज पनि वर्षाको सम्भावना

काठमाडौँ । आज बिहान प्रदेश १ का तराई भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा मौसम प्रतिकूल बनेको हो ।

दिउँसो प्रदेश १ ,बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ । सोमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ वैशाख २५ गते(आइतबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २६ गते (सोमबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

प्रदेश १, बागमती प्रदेश  र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का  वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख २७ गते (मङ्गलवार)
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश  र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : १४ बजे