एमालेका उम्मेद्वार बिरामी र बृद्धबृद्धाको ओछ्यानसम्म

दमक – नेकपा एमालेको दमक नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार अहिले घरदैलो आभियानमा व्यस्त हुनुहुन्छ । उहाँहरु घरदैलो अभियानमा मात्र होइन यस क्रममा घरमा रहेका बिरामीको ओछ्यानसम्म पुगेर शुभकामना समेत दिएका छन्।

नेकपा एमालेको दमक नगर कमिटीले सञ्चालन गरेको चुनाव प्रचार-प्रसारको क्रममा जुन-जुन वडा टोलमा पुग्नुहुन्छ त्यहाँ रहेको दीर्घरोगी बिरामी र अशत्तहरुको ओछ्यानमा नै पुगेर शुभकामना समेत दिने गर्नु भएको छ । घरमा बिरामी रोगी बृद्धबृद्धालाई ओछ्यानमा पुगेर स्वास्थ्य लाभको कामना गरिएको छ ।

दमक नगरपालिकाकी प्रमुख मेयरकी उम्मेदवार गीता अधिकारी र उपमेयरका उम्मेदवार अम्बिका खनाल आफ्नो चुनावी घरदैलो अभियानको क्रममा जाँदा बिरामी, अशत्त, बृद्धबृद्धाको ओछ्यानमा नै पुगेर बिरामीको स्वास्थ्य लाभको कामना गर्दै आशीर्वाद  लिने गर्नु भएको छ ।

यसरी घरदैलो गर्ने क्रममा आज दमक-१० नलवाडी क्षेत्रमा घरदैलो अभियान सम्पन्न गरेको छ । यस क्रममा अधिकांश सर्वसाधारणले नेकपा एमालेको सूर्य चिन्हका उम्मेद्वारलाई विजयी गराउन आतुर रहेको बताएका छन् । दमकबाट मावा खोला गरेर नलवाडी जानुपर्ने भएकाले लामोसमयसम्म दमक आवतजावत गर्दा मोरङको उर्लाबारी हुँदै घुमेर दमक नगरपालिका पुग्नु पर्ने बाध्यता थियो ।

विगतमा एमालेको सरकार हुँदा यो क्षेत्रमा पक्की पुल निर्माण गरिएकाले स्थानीय बासिन्दा बिकासका लागि पनि नेकपा एमालेको सरकार बन्नु पर्नेमा पक्षमा उभिएको स्थानीय सनमाया धिमालले बताउनु भयो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ९ : २९ बजे