हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

वाईसिएल मण्डनदेउपुर ईन्चार्ज ढकाल एमालेमा प्रवेश

काभ्रेपलाञ्चाेक । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका सदस्य एवं  वाईसियल नेपाल मण्डन देउपुर नगर कमिटिका ईन्चार्ज विनाेद ढकाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज नेकपा एमाले मण्डनदेउपुर काठमाडाैं सम्पर्क कमिटिले काठमाडाैंमा आयाेजना गरेकाे उम्मेद्वार परिचय कार्यक्रममा ढकाललाई नेकपा एमालेका पाेलिटब्युराे सदस्य गाेकुल बाँस्काेटा र नेकपा एमालेका तर्फबाट मण्डनदेउपुर नगर प्रमुखका उम्मेद्वार बिदुर सापकाेटाले एमालेमा स्वागत गर्नुभएकाे थियाे ।

पार्टी प्रवेश गरेपछि ढकालले देश विकास गर्ने पार्टी एमाले मात्र भएकाे बताएका थिए । ढकालले उर्जावान युवाहरु एमालेमा सहभागी हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ३८ बजे