आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांस स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांस स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै मौसम धुम्म हुँदै गएको हो ।

आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी  प्रदेशका  धेरैजसो ठाउँमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : ३९ बजे