हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

गठबन्धन तोड्न स्थानीय पालिकामा एमालेले उठाएका महिला कमाण्डरहरु

धनकुटा – नेकपा एमाले धनकुटाले स्थानीय पालिकामा उपप्रमुख पदका उम्मेदवारहरु लामो समयदेखि सामाजिक र राजनीतिमा होमिएका ब्यक्तिहरुलाई उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ७ वटै पालिका जितेर क्लिनस्वीप गरेको एमालेले यस पटक पनि क्लिनस्वीप गर्ने दावी गरेको छ । एमालेले धनकुटा, पाख्रीबास, चौविसे, छथर जोरपाटी र साँगुरीगढीको उपप्रमुखमा नयाँ अनुहारलाई मौका दिएको छ भने महालक्ष्मी र सहिदभूमीमा पुरानै उपप्रमुखलाई दोहो¥याएको छ । पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नको लागि एमालेले उम्मेदवार बनाएका ब्यक्तिहरुको विषयमा संक्षिप्त चर्चा जानकारी यस्तो रहेको छ ।

भीमादेवी खनाल, धनकुटा नगरपालिका

​​​​​धनकुटा जिल्ला सदरमुकाम रहेको यो नगरपालिकामा एमालेले नयाँ अनुहारको रुपमा भीमादेवी खनाललाई उम्मेदवार बनाएको छ । लामो समय समाजिक क्षेत्रमा क्रियासिल रहनु भएकी खनाल एकता प्रक्रियाबाट एमालेको राजनीतिमा प्रवेश गर्नु भएको थियो । युद्धकालमै माओवादी अभियानमा लागेर राजनीति गर्नु भएकी खनाल नेकपा विभाजनपछि एमालेमा लाग्नु भएको हो । धनकुटा नगरपालिका वडा-३ निवासी खनाल एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ । सरल र आफ्नो कुरा प्रष्ट राख्न सक्ने उहाँ क्ष्मतावान महिलाको रुपमा रहनु भएको छ ।

नम्रता देउजा, पाख्रीबास नगरपालिका

गाउँमा राप्रपाको दवदवा थियो । एमालेका कार्यकर्ता हुँ भनेर हिड्नसमेत मस्किल भएको बेला अनेरास्ववियूमा संगठित भइ भएको राजनीतिमा प्रमुख गर्नु भएकी नम्रता देउजालाई पाख्रीबास नगरपालिकाको उपमेयरमा एमालले उम्मेदवार बनाएको छ । अनेमसंघ र युवासंघको जिल्ला नेतृत्व सम्हालीसक्नु भएकी देउजा सामुदायिक वन महासंघ र भूमि अधिकार मञ्चमार्फत समाजिक क्षेत्रमा क्रियासिल हुनुहुन्छ । गाउँमा सहकारी अभियानका अभियन्त उहाँ २५ बर्ष देखि एमालेको राजनीतिमा हुनुहुन्छ। हाल एमाले धनकुटा सचिवालय सदस्य हुनुहुन्छ ।

मञ्जु कुमारी कार्की, महालक्ष्मी नगरपालिका

महालक्ष्मी नगरपालिका वडा नंं १ मञ्जुकुमारी कार्की एमालेको पुरानो नेता हुनुहुन्छ । करीब ३० बर्ष एमालेको सक्रिय राजनीतिमा क्रियासिल हुनु भएकी कार्की २०७४ सालको स्थानीय तह निर्वाचनमा उपमेयर विजयी हुनु भएको थियो । पार्टी राजनीतिमा निरन्तर क्रियासिल कार्कीले जनप्रतिनिधि भएको छ बर्षमा नगरको सवै घर र टोलमा पुगेर जनताका सुखदुख साटसाट गर्नु भएको थियो । हाल एमाले धनकुटाको सचिवालय सदस्य कार्कीलाई कामको मुल्याङ्कन गरेर दास्रोपटक टिकट दिएको हो ।

गोमा कार्की, छथर जोरपाटी गाउँपालिका

सामाजिक क्षेत्रबाट उदाएकी नेता हुनुहुन्छ गोमा कार्की । धनकुटाको सिधुवाबजार निवासी कार्की एमालेको खुल्ला राजनीतिमा आउनु भएको करीब ७ बर्ष पुगेको छ । यही अवधीमा उहाँले पार्टी र संगठनमा आफ्नो पक्कड बनाउन सफल हुनु भएको थियो। विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियासिल कार्की एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ । वर्तमान उपमेयर भीमकला श्रेष्ठलाई उछिन्दै उपमेयरमा कार्कीको इन्ट्री भएको हो।

रत्श्वरी राई, सहिदभूमि गाउँपालिका

सहदिभूमि–१ धापमा निम्न बर्गीय किसान परिवारमा जन्मिएकी रत्नश्वरी राई दोस्रोपटक पनि उम्मेदवार पाउने भाग्यशाली उम्मेदवार हुनुहुन्छ । सानैमा विहे भएपनि घर नजिकै रहेको आदर्श माध्यमिक विद्यालयमा पढेर एसएलसी पास राई गाउँको सामाजिक काममा क्रियासिल हुनुहुन्थ्यो । २०७४ सालको निर्वाचनमा उपमेयरको टिकट दिँदा कमजोर उम्मेदवारको रुपमा टिप्पणी गरे । तर उहाँले अत्याधिक मत ल्याई सानदार जित्न भयो । विवादरहित काम गर्ने, पार्टीको नीति र निर्देशनलाई पुर्णपालना गर्ने स्वभाव भएकाले यसपटक उहाले पुन दोहोरिने अवसर पाउनु भएको हो । विद्यालयमा अनेरास्ववियूमा संगठित भएकी राई हाल एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ ।

टंकमाया मगर, चौविसे गाउँपालिका

एमाले जिल्ला कमिटि सदस्य टंकमाया मगर चौविसे– २ निवासी हुनुहुन्छ । पञ्चायतकालदेखि नै बामपन्थी राजनीतिमा लाग्नु भएकी मगर हाल एमाले चौविसे गाउँ कमिटि उपाध्यक्ष हुनुहुन्छ । उहाँ एमालेको उपाध्यक्ष पाउने नयाँ अनुहार हो । अनेरास्ववियुबाट राजनीति सुरु गर्नु भएकी मगर शिक्षण पेशामा संलग्न हुँदा मोरङ जिल्लाको लेटाङ, भोगटेनी क्षेत्रमा क्रियासिल हुनु भएको थियो ।स्थानीयआमा समुह, सामुदायिक वन महासंघलगायतको सामाजिक संघसंस्थामा क्रियासिल मगरले लामो समय विद्यालयमा पढाउने कार्यसमेत गर्नु भएको थियो । उहाँ मगर समुदायमा लोकप्रिय हुनुहुन्छ ।

मुनादेवी राई, साँगुरीगढी गाउँपालिका

सँगुरीगढी गाउँ कमिटि सदस्य रहकी मुनादेवी राई धनकुटाको आहाले निवासी हुनुहुन्छ । उहाँको माइति धनकुटा छिन्ताङ राजनीतिक रुपमा चर्चित रहेको छ । उहाँको परिवार सवै राजनीतिमै हुनुहुन्छ । २०५२ सालतिरै अनेरास्ववियुमा संगठित भइ इलाका कमिटिको कोषाध्यक्षको जिम्मेवारी पुरा गर्नु भएकी राई विहेपछि राजनीतिबाट टाढिनु भएको थियो । उहाँको ससुरा पुर्णप्रसाद राई २ कार्याकाल आहाले गाविसको निर्वाचि अध्यक्ष थिए । उहाँ श्रीमान हरी राईपनि एमाले धनकुटाका सचिवालय सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : ३७ बजे