मकवानपुरका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई तालिम

बाग्मती। आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका विभिन्न स्थानमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई  तालिम  दिइएको छ ।

हेटौँडा–४ स्थित आधुनिक माध्यमिक विधालयमा आयोजित तालिममा ७१२ मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी थिए  । तालिममा  मतदानस्थलको व्यवस्थापन, सुरक्षा, मतदाता परिचयपत्र वितरण, मतदान, राजनितीक दलसँग छलफल, मतपेटिका शिलबन्दीलगायत विषयमा जानकरी गराइएको थियो ।

जिल्लाको १० स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका २० र १०२ वडाका  वडाध्यक्ष तथा सदस्य गरी ५२० पदका लागि  निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो निर्वाचनमा  एक हजार ८०० भन्दाबढी कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा पाँच कर्मचारी र दुई स्वयंसेवक खटिने व्यवस्था गरिएको  छ ।

 जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र छ । तालिममा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त र कडा गरिएकाले उच्च मनोवलका साथ कर्मचारीहरु खटन आग्रह गर्नुभयो । मतदानस्थलमा कुनै किसिमको समस्या आएमा निर्वाचन कार्यालय र सुरक्षा निकायसगँ समन्वय गर्न पनि उहाँले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ४ : १९ बजे