मन्थली विमानस्थलमा पानी पस्यो

चीनको कोष उद्योगलाई अवसरहरू सदुपयोग गर्न आग्रह

बेइजिङ। चीनको धितोपत्र पर्यवेक्षकका उपप्रमुखले अर्थतन्त्रले सामना गरेको चुनौतीका बाबजुद पनि देशको पुँजी बजार र कोष उद्योग रणनीतिक अवसरको महत्त्वपूर्ण अवधिमा रहेको बताएका छन् ।

चाइना धितोपत्र नियामक आयोगका उपाध्यक्ष फाङ सिङ्हाइले चीनको सम्पत्ति व्यवस्थापन संघको बैठकमा उक्त कुरा बताएका हुन् । कोष उद्योगले अवसरहरू सदुपयोग गर्नुपर्छ, उच्च गुणस्तरको विकासमा ध्यान केन्द्रित गर्नुपर्छ र वास्तविक अर्थतन्त्रलाई अझ राम्रो सेवा दिनुपर्दछ, उनले भने।

गत महिना चीनले प्रमुख बैठकहरूमा पुँजीको भूमिकालाई जोड दिएको थियो। पुँजीको स्वस्थ विकासलाई कानून बमोजिम नियमन र मार्गदर्शन गर्ने प्रयास गरिनेछ र महत्व्उपूर्ण उत्पादन कारकको रूपमा पुजीको सकारात्मक भूमिका खेल्ने छ, उनले भने ।
 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ०८ बजे