दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

जिम्बावे ए सँग नेपालको शानदार जित  

काठमाडौं । नेपालले जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो एक दिवसीय खेलमा जिम्बावे ए ले दिएको ८८ रनको लक्ष्य नेपालले ११।२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको  हो । 

जिम्बावे ३१।५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो । उसका लागि जोनाथन क्याम्पबेलले २७ र ब्राड इभान्सले २० रन बनाए । त्यस्तै सेफास झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ६ चौका प्रहार गरे ।

यस्तै, आसिफ शेखले ३४ बलमा ६ चौकासहित ३४ रनको अविजित इनिङ खेले । उनले पहिलो विकेटका लागि सुनिलसँग ७९ रनको साझेदारी गरेका थिए । विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावे ए का बलर ब्रान्डन माभुटाले एक विकेट लिए ।

पहिलो खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको थियो । तीन खेलको एक दिवसीय श्रृङखलको अन्तिम खेलमा नेपालले सोमबार जिम्बावेको सामना गर्नेछ ।

जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलिरहेको छ । टोनी मुनिओङ्गाको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहेका छन् ।
 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ०३ बजे