हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

सन्धिखर्कको मुहार फेर्न चाहने अभियन्ता कृष्णप्रसाद श्रेष्ठका यस्ता छन योजना

अर्घाखाँची। अर्घाखाँची जिल्लाको पहिलो नगरपालिका सन्धिखर्कको चुनाव प्रति सबैको चासो बढेको छ । जिल्लामै चर्चित सामाजिक तथा राजनीतिक व्यक्तित्व कृष्णप्रसाद श्रेष्ठको उम्मेदवारीले सबैको ध्यान अहिले सन्धिखर्कको चुनावमा तानिएको हो । २०२६ साल असार १५ गते वुवा नन्दलाल श्रेष्ठ र आमा उमाकुमारी श्रेष्ठको कोखबाट सन्धिखर्क २ चुत्रावेसी जन्मिनु भएका श्रेष्ठ तीन भाइमध्ये माईलो छोरा हुन । उहाँका दुई बहिनी छन् । बुवा नन्दलाल श्रेष्ठ तत्कालीन किमडांडाको उपप्रधान हुनुहुन्थ्यो ।

सन्धिखर्कका प्रख्यात व्यापारी समेत रहेका उहाले जनतालाई दुःख ,सुखमा बलियो साथ दिने गर्नुभएको थियो । कुनै समस्या आई पर्दा सबैले संझने श्रेष्ठ अहिले बृद्ध अबस्थामा पनि सामाजिक कामगर्न पाउँदा रमाउँछन् । आफ्ना वुवाको व्यबहारबाट प्रभावित कृष्णप्रसाद श्रेष्ठ बाल्यकालदेखि नै दानी स्वभावका हुनुहुन्छ । उहाँले गरिब ,दिन दुःखी र अशक्त देख्नासाथ सहयोग गरिहाल्नु हुन्थ्यो । घरमै पसल भएकोले उहालाई बाल्यकालमा पनि अभावको महसुस हुन पाएन । स्कुलले जिवनमा पनि उहाले साथीहरूलाई धेरै सहयोग गर्ने गरेको सहपाठीको भनाइ छ । उच्च शिक्षा अध्ययन गर्दागर्दै उहाँ पनि बुवा सँगै व्यापारमा लाग्नुभयो । व्यापारमा लागेपनि उहाँको ध्यान व्यापारमा भन्दा सामाजिक क्षेत्रमै बित्ने गर्थ्यो ।

उहाँले विभिन्न संघसंस्थामा बसेर निरन्तर समाजिक काम गरिरहनु भयो । सानो उमेरमै एमाले नेताहरु विष्णु पौडेल र प्रदिप ज्ञवालीको सम्पर्कमा रहनुभएका श्रेष्ठले भित्र भित्रै पार्टीको काम पनि गर्ने गर्नुहुन्थ्यो । धेरै संघसंस्थामा बसेर काम गरेपनि श्रेष्ठलाई वाहिरी दुनियाँमा चियाउने संस्था भने उद्योग बाणिज्य संघ नै थियो । उहाँले उद्योग वाणिाज्य संघमा बसेर करीब २५ बर्ष काम गर्नुभयो । २०५३ सालमा अर्घाखाँची उद्योग वाणिज्य संघको उपाध्यक्ष हुनुभएका श्रेष्ठ २०६१ सालमा अध्यक्ष भए र निरन्तर २०७७ सालसम्म १६ बर्ष काम गर्नुभयो । त्यसै अबधिमा उहाँले निरन्तर २ कार्यकाल उद्योग वाणिज्य महांघको केन्द्रीय सदस्य समेत भएर काम गर्नुभयो ।

लुम्बिनीलाई टुक्राएर तराईबाट पहाडी जिल्लालाई अलग गर्ने तत्कालीन सरकारको निर्णय फिर्ता लिन बाध्य पार्ने प्रदेशका केहीनेता मध्येका श्रेष्ठ पनि एक हुनुहुन्छ । श्रेष्ठले अखण्ड प्रदेशको बचाउको निम्ति नागरिकहरुको तर्फबाट अर्घाखाँची जिल्लाबाट आन्दोलनको सुरुवात गर्नुभएको हो । विभिन्न संघसंस्थाहरुको सहकार्य र जिल्लाका नेताहरूको परामर्शमा सुरु भएको आन्दोलन केही दिनपछि प्रदेशभर फैलिएको थियो । परिणाम त सरकार प्रदेश टुक्राउने निर्णयबाट पछि हट्न बाध्य भएको थियो । श्रेष्ठ आफु जनप्रतिनिधि नभए पनि जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान छ । सन्धिखर्कमा एयरपोर्ट चाहिन्छ भनेर पहिले आवाज उठाउने व्यक्ति श्रेष्ठ नै हो । उहाँले एयरपोर्टको निम्ति उपयुुक्त ठाउँ यहाँ छ भनेर प्रोत्साहन गरेको कुरा एयरपोर्ट शिलान्यास गर्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भाषण मै भन्नुभएको थियो । अर्घाखाँची जिल्लालाई नमुना जिल्लाको रुपमा बिकास गर्नुपर्नेमा उहाँको सधै जोड रहने गरेको छ ।

श्रेष्ठले सानातिना बिकासका काम निजी खर्चबाट पनि पूरा गर्दै आउनु भएको छ । उहाँ जनताले दुःखका कुरा गरेभने व्यक्तिगत रुपमा सहयोग गर्न पनि पछि पर्नुहुन्न । उहाँले यसबीचमा जिल्लाभित्रका सयौं व्यक्तिलाई उपचारको निम्ति सहयोग गरेका छन् । कयौं विपन्न परिवारलाई दुःख सुखमा साथ दिनुभएको छ । श्रेष्ठ प्रकृति मैत्री पनि हुनुहुन्छ । अघिल्लो बर्ष लकडाउन भएको समयमा सन्धिखर्कका सबै पसल बन्द थिए । पसल बन्द भएपछि बजारका दर्जन बढी भुस्याहा कुकुरहरु खान नपाई मर्ने अबस्थामा पुगेका थिए । श्रेष्ठले त्यो कुरा थाहा पाए पछि प्रत्येक दिन कुकुरको निम्ति खानेकुराको व्यवस्था गरिदिनु भयो । यो क्रम अहिले पनि जारी छ । उहाँको बाहिर बाट झट्ट हेर्दा भन्दा भित्री वास्तविकतामा धेरै फरक छन् । कसैले पनि दुःख पाएको उहाँले देख्न सक्नुहुन्न ।

अरुको दुःखमा पनि अति दुःखी बन्ने श्रेष्ठको स्वभाव छ । आर्थिक र सामाजिक रुपमा निकै प्रतिष्ठित श्रेष्ठले जनप्रतिनिधि भएर सन्धिखर्कको मुहार फेर्नको निम्ति उम्मेदवार बनेको बताउनु भयो । थोरै मेहनत गर्नसके सन्धिखर्कलाई नमुना नगर बनाउन सकिने उहाँको बुझाई छ । उहाँले शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटनलाई आधार बनाएर अगाडि बढ्ने योजना बनाउनु भएको छ ।

जिल्लामा गुणस्तरीय र ईच्छा अनुसारको शिक्षा हासिल गर्न नपाउँदा सयौं बिद्यार्थी पढ्नको निम्ति शहर जानुपर्ने, ससना रोगको उपचारको निम्ति बिरामी बुटवल काठमाडौ धाउनुपर्ने, अनि पैसाको अभावमा विद्यार्थीले चाहेको बिषय पढ्न नपाउने र बिरामीले उपचार नपाउने कुराले उहाँलाई निक्कै चिन्तित बनाएको छ । देशमा व्यवस्था परिवर्तन भएपनि जनताको जीवन स्तरमा सुधार हुने खालका काम हुन नसकेको श्रेष्ठको बुझाई छ ।

सन्धिखर्कमा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने,विद्यालयको गुणस्तर वृद्धि गर्ने, अर्घाखाँची अस्पताललाई सुबिधा सम्पन्न अस्पताल बनाइ बुटवलमा हुन सक्ने सबै किसिमको उपचार सुबिधा यही उपलब्ध गराउने उहाँको योजना छ । यस्तै सुपा देउराली आएका पर्यटकलाई सन्धिखर्क, अर्घा, मथुरासम्म ल्याउनको निम्ति पुर्वाधार तयार गर्ने, देशभित्र र बाहिरका बिज्ञहरु ल्याई नगरको माटो, भौगोलिक अबस्थाको अध्ययन गराई आधुनिक कृषि तर्फ कृषकलाई प्रोत्साहन गर्ने योजना पनि रहेको छ ।

श्रेष्ठले आफुले केही पाउनको निम्ति भन्दा पनि केही गरेर देखाउनको निम्ति नगर पालिकाको प्रमुख बन्न चाहेको बताउनुभयो । सन्धिखर्क भौगोलिक हिसाबले मिलेको छ, हावापानी राम्रो छ, समुदायमा एकता छ त्यसैले यहाँको बिकास गर्न सजिलो छ, श्रेष्ठले भन्नुभयो । उहाँले सामाजिक न्यायसहितको बिकास र समृद्धिको पक्षमा आफु निरन्तर अगाडि बढ्ने अठोट पनि गर्नुभएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ३६ बजे