एमाले अध्यक्ष ओलीले आज प्रदेश १ का चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ  ।

अध्यक्ष आले आज मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने उहाँका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो । 

यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसक्नुभएको छ ।  आइतबार भने अध्यक्ष ओली राजनीतिक रूपमा चर्चामा रहेको रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभामा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । त्यसपछि भने हाँ रुपन्देहीको बुटवल जानुहुने छ ।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेका बेला अध्यक्ष ओलीको चुनावी दौडधुप बढेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि नेकपा एमाले फेरि पहिलो दल हुने दाबी गर्दै आउनुभएका अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न आव्हान गर्दै आइरहनुभएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ९ : १५ बजे