‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एउटै स्यालले बहादुर शेरको सातो बोलायो 

राताराता आँखा पारी स्याल करायो  
​​​​​​​शेर नामको बहादुरको घाँटी अँठ्यायो 
चितवन सधैँ ताकी र्‍याल चुहायो 
नत्र भने देश नै निलिदिन्छु भन्यो,
दुई खुट्टे स्यालले उधुम मच्चायो ।   

यो स्यालले जम्बुसित मीत लगायो 
कसको घोडा भई यो हिःहिः करायो ?  
भेडा बाख्रा कमिला छिटै मिल है 
यो स्यालले अशुभ सबै बक्यो  है  

होक्काँ गरी भुइँखोस्री सिङ हल्लायो   
डुक्री डुक्री चितवनका जनता तर्सायो  
करेट सर्पझैँ स्यालले फँडा फिँजायो 
दाह्रा नङ्ग्रा देखाएर काँग्रेस तर्सायो 
चार तारा र काँग्रेसको सातो उडायो । 
३.

काँग्रेसलाई स्याल अब अपहत्ते भो 
मौका पाए जसले  ठग्ने ठग बन्धन यो  
काँग्रेसको निद्रा हराम यसले गरायो 
दुई खुट्टे स्यालमैत्री अब घाँडो भो 
४ 

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ९ : ०३ बजे