नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना मसँग छ : केशव स्थापित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नेकपा (एमाले) तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि युवाहरूलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताउनुभएको छ । 

“म पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका छन्”, सञ्चारकर्मीहरूसँग कुराकानीमा स्थापितले भन्नुभयो, “आफ्नो जीवनबारे गफ गर्ने युवाहरूका लागि काठमाडौँमा ठाउँ नै छैन । म युवाहरूलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छु ।”

“पहिलाको राजदरबारको वरिपरि लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरू प्रफुल्ल हुन्छन्”, स्थापितले भन्नुभयो, “त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र ज्येष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ ।”

उहाँले नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना पनि आफूसँग रहेको बताउनुभयो । “पहिलाको राजदरबारको वरिपरि लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरू प्रफुल्ल हुन्छन्” स्थापितले भन्नुभयो, “त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र ज्येष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ ।”

स्थापितले आफू मेयर निर्वाचित भएपछि केशर महलको वरिपरिको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । “युवाहरू साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा १ काठमाडौँ महानगर भन्दै खुसी हुन्छन् । यस्ता पार्क सहर भरी धेरै स्थानमा बनाउन सकिन्छ । ती पार्कमा आएका युवासँग तिमीहरूको योजना के– छ ? तिमीहरूको अपेक्षा के– छ ? भनेर घुलनशील गराउने योजना छ”, उहाँले भन्नुभयो, “युवाहरूलाई प्रोत्साहन गर्न विश्व स्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना छ ।”

उहाँले युवाहरूलाई उनीहरूको योग्यता, क्षमता र रुचि अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता पनि आफूसँग भएको बताउनुभयो । स्थापितले तत्काल गुनासो सुन्न ‘क्वीक रेस्पोन्स टीम’ निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिने पनि बताउनुभयो ।

उहाँले अहिलेको काठमाडौँको मेयर निर्वाचित भएपछि अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गर्नुभयो । उहाँले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताउनुभयो ।

घर–घरमा स्वास्थ्य नारी कार्यक्रम
​​​​​​​उहाँले अहिलेको काठमाडौँको मेयर निर्वाचित भएपछि अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गर्नुभयो । स्थापितले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताउनुभयो । 

“केही महिना बृहत् छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करिब २ हजार स्वयंसेवकलाई पारिश्रमिकसहित राख्छु”, उहाँले भन्नुभयो, “त्यो टीमले कुन वडामा कति बिरामी र कस्ता प्रकारका बिरामी भनी अनुसन्धान पनि गर्ने छ । त्यही टिमले उहाँहरूको थप स्वास्थ्यका लागि सहजीकरण समेत गर्नेछ ।” उहाँले यस्ता पाँच–सात वटै स्वास्थ्य सम्बन्धी प्रस्ट योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

ट्राफिक र फोहोर व्यवस्थापन
ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने अहिलेको उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मातहतमा राख्नपर्छ भन्दै मेयर निर्वाचित भएपछि त्यो अभियानमा लाग्ने उहाँले बताउनुभयो । “काठमाडौँ महानगरपालिका मात्रै होइन उपत्यकाको ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने राज्यले ढल, खानेपानी, बिजुलीलगायतको अधिकार स्थानीय तहलाई दिनुपर्छ”, उहाँले भन्नुभयो, “म मेयर निर्वाचित भएपछि उपत्यकाका सबै स्थानीय तहलाई आत्मनिर्भर बनाउने गरी केन्द्र सरकारसँग अधिकार माग्ने कुराको नेतृत्व गर्छु । केन्द्र सरकारसँग स्थानीय सरकारले सामन्तसँग दासले माग्नु पर्ने जस्तो परम्पराको अन्त्य गर्नेछु ।”

उहाँले काठमाडौँको ट्राफिक व्यवस्थापन र वातावरण मैत्री सहर निर्माणका लागि अपाङ्ग, बालबालिका र वृद्ध वृद्धा मैत्री विद्युतीय सवारीलाई प्राथमिकता दिने बताउनुभयो ।

स्थापितले निराशाहरूलाई आशामा बदल्न सहरी योजना आयोग र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियान अघि बढाएको स्मरण पनि गराउनुभयो । अब मेयर भएपछि यो अभियानलाई रिभाइभ गर्ने बताउनुभयो ।

पहिलो कार्यकालका बाँकी काम पूरा गर्ने ध्येय
“म पहिलो पटक मेयर निर्वाचित हुँदा काठमाडौँ महानगरपालिका महानगर जस्तो थिएन” उहाँले भन्नुभयो, “म मेयर निर्वाचित हुँदा कालीमाटीमा सामान्य रूपमा रहेको कार्यालयलाई टेकु हुँदै बागदरबारको भव्य महलमा सारेँ । भूँईको कार्यालयलाई महलमा लगेर व्यवस्थित बनाउने मै हुँ । प्रशासन सुधारमा पनि मैले उल्लेख्य भूमिका खेलेको छु ।”

उहाँले निराशाहरूलाई आशामा बदल्न सहरी योजना आयोग र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियान अघि बढाएको स्मरण पनि गराउनुभयो । अब मेयर भएपछि यो अभियानलाई रिभाइभ गर्ने बताउनुभयो । 

“मैले नेतृत्व सम्हालेको करिब ६ महिनापछि एकीकृत सहरी विकासको योजना अघि बढाएँ । वसन्तपुर क्षेत्रको पुनर्निर्माणको कामलाई अघि बढाए उहाँले भन्नुभयो, “अहिलेको लाइफलाइन बनेको धोविखोला करिडोरको कामलाई मेरै कार्यकालमा अघि बढाए ।”

नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था
उहाँले उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । 

“उपत्यकाका सबै स्थानीय तहसँगको समन्वयमा महानगरपालिको नेतृत्वमा उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्छौ” उहाँले भन्नुभयो, “त्यहाँ प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले सबै कुराको जाँच गर्छ । त्योसँगै उपत्यका बाहिरबाट प्रवेश गर्ने सबै सवारीलाई धोइ–पखाली गरी राजधानी भित्रिने व्यवस्था गर्छौ । त्यति मात्रै गर्ने हो भने यहाँको धुलोको ९० प्रतिशत समस्या समाधान हुन्छ ।”

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ८ : ३१ बजे