हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

एमालेलाई कमजोर पार्न नसक्ने अध्यक्ष ओलीको दाबी

रौतहट / ​​​​​​​नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गर्नुभएको छ ।

रौतहट सदरमुकाम गौरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको आरोप लगाउनुभयो । उहाँले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वाधक बनेको आरोप लगाउनुभयो ।

रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दाबी गर्नुभयो । एमाले स्थायी समिति सदस्य प्रभु साहले एमालेले मात्रै मधेसको विकास गर्न सक्ने जिकिर गर्नुभयो ।

मधेस प्रदेश सरकारले सङ्घीयता र समावेशीताको आधारमा केही गर्न नसकेको आरोप लगाउँदै एमालेको नेतृत्वमा देश र मधेस समृद्ध हुने बताउनुभयो । आजै अध्यक्ष ओलीले एमालेद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चुनावीसभासमेतलाई सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ४१ बजे