हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

एमाले सचिवालय बैठक बस्दै

प्रधानमन्त्री पत्नीको बिबादस्पद अभिव्यक्ति : फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिन्छु

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले  बिबादस्पद अभिव्यक्ति दिएकी छिन् । प्रधानमन्त्री पत्नी राणाले फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिने जनतालाई  आश्वासन दिएकी छिन् । 

नेपाली कांग्रेस धनगढीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री पत्नी राणाले त्यहाँका स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिने आश्वासन दिएकी हुन् । यसअघि प्रधानमन्त्री पत्नी राणाले गृह जिल्ला डडेलधुरा पुगेर नेपाली काँग्रेसले नजित्ने पालिकालाई पैसा नदिने धम्की समेत दिएकी थिइन्। 

कार्यक्रममा राणाले तपाईँहरूले कांग्रेसलाई जिताउनुस्', मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री भिसा र फ्री टिकट मिलाउने छु। तर सबैलाई लान सकिन्न।’

राणाले आफू २०७४ मा प्रतिनिधि सभा सदस्यमा पराजित भए पनि कुनै फरक नपरेको बताएकी छिन्। 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ११ बजे