रूपन्देही । नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदका उम्मेदवारले नेकपा एमालेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदका उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
शितगंगा नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमालेहरु उत्साहीत भएका छन् ।
उक्त वडा माओवादीको प्रभाव क्षेत्रको रुपमा चिनिन्छ ।
प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १ : १९ बजे
प्रतिक्रिया