दुई हप्तादेखि महिला बेपत्ता

कञ्चनपुर।  दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ ।

परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्कनु भएको हो । उहाँ हालसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन । 

श्रीमती घरमा नआएपछि उहाँका श्रीमान् सागरले खोजी गर्दै आउनुभएको छ । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उहाँले भन्नुभयो । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिनुभएको छ । रासस

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : ५५ बजे