बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा बिहानैदेखि वर्षा

काठमाडौँ । बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा बिहानै वर्षा भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो ।

उपत्यकाको आकाश बदलीले ढाकेकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति  पनि प्रदेश १ , बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिवार पहाडी भू–भागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भू–भागका एक वा दुई  स्थानमा वर्षा हुने ठानिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ वैशाख २३ गते (शुक्रवार)
दिउँसो:
देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै  स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २४ गते(शनिवार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागका एक वा दुई  स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २५ गते (आइतबार)
दिउँसो
: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई  स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : २५ बजे