सुनौलो रंगको कछुवासहित समातिए आशिष

किर्तिपुर । दुर्लभ वन्यजन्तु सुनौलो रंगको कछुवासहित एकजना समातिएका छन् । पक्राउ पर्नेमा किर्तिपुर नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय आशिष थापा घर्ती हुन् ।

काठमाडौंको चाबहिल एरियामा कछुवा अवैध रुपमा २० लाख रुपैयाँमा बिक्री बितरण हुन लागेको सुराकीको उनलाई स्थानीय खोटाङ हलेसी गेष्ट हाउसको चौथो तलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आशिषलाई आवश्यक कारबाहीको निम्ति जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ६ : ३२ बजे