‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तिलोत्तमामा वडाध्यक्ष पदमा एमालेबाट बागी उठेका पाण्डेको उम्मेदवारी फिर्ता

​​​​​​​रुपन्देही  । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ बाट अध्यक्ष पदका बागी उम्मेदवार हरि प्रसाद पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

 

नेकपा एमालेका स्थानीय नेता पाण्डेले बिहीबार उम्मेदवारी फिर्ता लिँदै एमालेका आधिकारिक उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

उनले आफ्ना केही असन्तुष्टिहरूको सम्बोधनका लागि उम्मेदवारी दिएपनि स्थानीय पार्टी नेतृत्वले समन्वय नगरेका कारण समयमै उम्मेदवारी फिर्ता लिन नसकेको बताएका छन् । 

सोमवार पार्टीका शीर्ष तहका नेताहरूसँगको भेटघाटपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनले बताएका छन् । 

उनले आजैदेखि आफ्नो तर्फबाट मत माग्ने कार्यक्रम स्थगित गरी नेकपा एमालेका आधिकारीक उम्मेदवारको घरदैलो कार्यक्रममा सहभागी भएको एमाले तिलोत्तमाले बताएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ३ : ५१ बजे