हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बसाइँ सराइ रोकेर शुक्लागण्डकीको विकासमा लाग्ने मेयरका उम्मेदबार तिमिल्सिनाकाे अठोट

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकामा एमालेका मेयर, उपमेयर र वडाका उम्मेदवारहरु हरेक दिन घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । नगरपालिकाका अधिकांश बासिन्दाहरूले र्यालीसहित उहाँहको भब्य स्वागत गरिरहनुभएको छ भने पार्टीका आम कार्यकर्ता पनि चुनाब प्रचारमा होमिनुभएको छ ।

शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार मुक्तिनाथ तिम्सिनाले गाउँबाट बसाइँ सराइँ रोक्ने गरेर विकास गर्ने अठोट गर्नुभएको छ । उहाँले सुविधासम्पन्न गाउँ, आधुनिक नगर, सुशासन स्थापना र विकासका लागि व्यापक पूर्वाधार निर्माण गर्दै शुक्लागण्डकी मै बसुँबसुँ लाग्ने बनाउने छु भन्नुभयो ।

गुणस्तरीय शिक्षा र आधुनिक शैक्षिक पूर्वाधार शुक्लागण्डकीको आधार रहेको उल्लेख गर्दै नगर कमिटीका अध्यक्षसमेत रहनुभएका तिम्सिनाले शुक्ला नगरबासीको निःशुल्क उपचारमा जेड दिँदै नागरिकलाई स्वस्थ बनाउने जिम्मा आफूहरूका काँधमा रहेको उल्लेख गर्नुभयो ।

शुक्लगण्डकीको दिगो र पर्यावरणमैत्री विकासकाे लागि हरियालीयुक्त बस्ती र सुरक्षित आवासको व्यवस्था गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

एमालेबाट शुक्लागण्डकीका मेयरका उम्मेदवार तिम्सिना को हुनुहुन्छ ?

पिता उमकान्त तिम्सिना र माता निरमायाको कोखबाट खैरेनीटारमा जन्मिनुभएका ५५ वर्षीय मुक्तिले प्राथमिकतहको शिक्षा सरस्वती निमावि र मावितहको शिक्षा खैरेनी माविबाट पूरा गर्नुभएको थियो । विद्यालयमा अध्ययन गर्दा अनेरास्ववियुको सदस्य भएर स्ववियुको चुनावमा सरिक उहाँ २०४२ सालमा पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु हुँदै मालेको भूमिगत शेल्टरमा बसेर नेताहरुलाई सहयोग गर्नुभएको थियो ।

वि.स. २०४३ को आम निर्वाचनमा पोखराको नदीपुर बुथको सुरक्षा र प्रतिनिधिहुँदै २०४६ मा तनहुँको जामुने गाउँमा बसेर १ वर्ष पार्टीको काम गरेपछि उहाँले बहुदलसँगै २०४७ सालमा संगठित सदस्य प्राप्त गर्नुभएको थियो । क्याम्पसमा अध्ययन गर्दै हालका केन्द्रीयस्तरका नेताहरुसँग सम्पर्कमा रही पार्टीको निर्देशनअनुसार सुरक्षा र पत्रआदानप्रदान आन्दोलनमा उहाँ सहभागी हुनुभएको थियो । वि.स. २०४९ सालमा नेकपा मालेको खैरेनीटार गाउँ कमिटीको सचिव, इलाका नं. १२ को उपसचिव हुँदै सचिव, क्षेत्रीय कमिटी सदस्य हुँदै उहाँ क्षेत्रीय अध्यक्ष हुनुभयो । वि.स. २०६९ मा जिल्ला कमिटी सदस्य हुनुभएका उहाँ नेकपा हुँदा शुक्लागण्डकी नगर कमिटीको अध्यक्ष र एमालेको अधिवेशनपछि निर्विरोध अध्यक्ष निर्वाचित हुनुभयो । उहाँ २०५५ सालमा भानुभक्त बहुमुखी क्याम्पस बलेचौताराका स्ववियु सभापति हुनुभएको थियो ।

राजनीतिसँगै उहाँ विभिन्न सामाजिक संघसंस्था र व्यवसायिक संस्थामा पनि आवद्ध हुनुहुन्छ । सामुदायिक वनमा २०५४ सालमा सिमलचौर वनको उपाध्यक्ष, दुलेगौंडा रेन्ज पोस्टको अध्यक्ष, सामुदायिक वन महासंघको जिल्ला सचिव हुँदै जिल्ला अध्यक्ष हुनुभयो । हाल महासंघको केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज समेत हुनुहुन्छ । साथै निजी वन विकास सन्जाल तनहुँको संस्थापक जिल्ला अध्यक्ष, पारिवारिक निजि वन संघको जिल्ला संयोजक हुँदै अहिले केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारीमा हुनुहन्छ ।

वैदेशिक यात्राका क्रममा भारत, सिगांपुर र अमेरिका पुग्नुभएका उहाँको तनहुँ यातायात व्यवसायी समितिका सल्लाहकार, भिर्गु त्रिवेणीधाम शबदहन प्रबिधी मैत्रीका संस्थापक सदस्य, खैरेनी युवा क्लबको उपाध्यक्ष, मदन आश्रित पार्कको संस्थापक अध्यक्ष, सेतीगंगा सामुदायिक अस्पतालको संस्थापक सदस्य, शहीद कृष्णको शालिकसहितको पार्क निर्माण समितिको अध्यक्ष, जेष्ठ नागरिक वृद्धाश्रमको संस्थापक सदस्य, खैरेनी मावि व्यवस्थापन समितिको अध्यक्ष, युवा संघको क्षेत्रीय अध्यक्ष, जिल्ला सचिवालय सदस्य, मदन भण्डारी फाउन्डेसनको जिल्ला सचिव भएर काम गरेको अनुवभ पनि छ ।

व्यवसायिकरुपमा उहाँ शान्ति इन्टरप्राइजेज, खनाल गिट्टी बालुवा उद्योग, कर्यसिद्धी निर्माण उद्योग, सहरी आवास फर्म प्रा लि, हाल संचालनमा रहेको गण्डकी एग्रो फर्म प्रा लि तनहुँका अध्यक्ष र भानु एग्रो रिसोर्ट प्रा लिका अध्यक्ष हुनुहुन्छ । उहाँ रोयल सहकारी, नेपाल बचत तथा ऋण सहकारी र शुक्ला कृषि पर्यटन सहकारीमा पनि आवद्ध हुनुहुन्छ ।

हालसम्म कुनै पनि लाभको पद नलिनुभएका उहाँ जनताको बीचमा रहन रुचाउँनुहुन्छ । जनताको घरदैलोमा पुग्दै कुराभन्दा काममा तल्लिन उहाँ आगामी निर्वाचनमा नगरवासीको अत्याधिक मत आउनेमा विश्वस्त हुनुहन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ३ : १६ बजे