हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

ज्येष्ठ नागरिकहरुको दृढता : ज्यान जाला एमाले छाड्न सकिन्न

बुटवल । सुर्य ध्वजाबाहक झण्डा बोकेका सयौं कार्यकर्ता बाजागाजासहित घर अगाडि आएको देखेपछि बुटवल १३ बंदेलपोखरीकी ८५ वर्षिया बृद्धा खुमाकुमारी गुरुङ लौरो टेकेर बाहिर निस्किनुभयो ।

बुटवल १३ का अध्यक्ष पदका उम्मेदवार शोभाखर पोखे्रलले उहाँलाई हातमै ढोग्नुभयो । बृद्धा गुरुङले आशिर्वाद दिइन् र हांस्दै भन्नुभयो–‘सैं पनि एमाले मैं पनि एमाले’ । वरिपरि उभिएका कार्यर्तामा हाँसोको फोहरा फुट्यो । ‘हामीे बुढाबुढीको पार्टी नै एमाले हो बाबु, सय रुप्पे बढेर चार हजार पुग्यो, सबै छोड्न सकिन्छ ज्यान जाला एमाले छाड्न सकिन्न’ । उहाँले यसो भन्नुभयो ,कार्यकर्ताले तालि बजाए ।

झोलुङ्गेपुल निवासी ७५ बर्षिया विजया सुवेदीले घरदैलोमा आएका एमाले उम्मेदवारलाई फूलमालाले स्वागत गर्नुभयो । उम्मेदवारलाई दही खुवाउनुभयो र भन्नुभयो — ‘एमाले पार्टी छ र हामी बुढाबुढी बांचेका छौं ।’ जिन्दावाद ! जिन्दावाद ! भन्दै उम्मेदवार र कार्यकर्ता निस्केर गए । बृद्धा सुवेदीले आंखाबाट आंसु झार्नुभयो । किन आंसु झरे आमा ? जवाफमा बृद्धा आमाले आंसु पुछ्दै भन्नुभयो—‘खुसीले बाबु ।’

बुटवल ११ देवीनगरकी ७९ वर्षीया चन्द्रकला वस्नेतले अध्यक्ष पदका उम्मेदवार रामचन्द्र क्षेत्री सहितका उम्मेदवारहरु घरदैलोमा पुग्दा फूलमालाले स्वागत गर्नुभयो । निधारमा अबिर लगाइदिन्,विजयको शुभकामना दिनुभयो र भन्नुभयो—‘ एमाले पार्टी हामी बुढाबुढीको पार्टी हो,बेसहारा,सन्तानविहीन, गरिव र असहायहरुको पार्टी हो । ।’

यसपालिको निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवारहरुप्रति बृद्धबृद्धाहरुको अगाध स्नेह देखिएको छ । पहिलो पटक सरकारको नेतृत्व गर्दा नेकपा एमालेले शुरु गरेको बृद्ध भत्ता कार्यक्रमलाई १ सय रुपैंयाबाट बढाएर अहिले ४ हजार पुर्याइएको छ । सामाजिक सुरक्षा भत्ता नामाकरण गरिएको यो कार्यक्रम नेकपा एमालेको सवैभन्दा बढी लोकप्रिय कार्यक्रम हो । परिवारमा अपहेलित हुन पुगेका वा सन्तान गुमाएका ज्येष्ठ नागरिकहरुलाई यो कार्यक्रमले निकै ठूलो राहत दिएको छ ।

‘हामी घरदैलोमा पुग्दा सवैभन्दा बढी खुसी बृद्धबृद्धाहरु नै देखिनुभयो,यो कार्यक्रम नेकपा एमालेका लागि बरदान सावित भएको छ,यसलाई स्थानीय स्तरबाट अझ प्रभावकारी बनाउनु पर्ने देखेका छांै’ं—बुटवल १३ का वडा अध्यक्ष पदका उम्मेदवार शोभाखर पोख्रेलले भन्नुभयो ।
उम्मेदवार पोख्रेलले सामाजिक सुरक्षा भत्ता पाउन कार्यालय धाउनुपर्ने, बैंकमा घण्टौं लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

उहाँले चुनाव जितेपछि बृद्धबृद्धाहरुको नियमित स्वास्थ्य जांच गर्ने,पालिकाको सहयोगमा अनिवार्य स्वास्थ्य बिमा गर्ने,बृद्धबृद्धाहरुका लागि मनोरञ्जन स्थल र बृद्धाश्रम निर्माण गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

बुटवल—११ का वडा अध्यक्ष पदका उम्मेदवार रामचन्द्र क्षेत्रीले नेकपा एमालेप्रति बृद्धबृद्धाहरुको अगाध स्नेह देखिएको बताउनुभयो ।

उहाँले स्थानीय सरकारको तर्फबाट बृद्धबृद्धाहरुको सुरक्षा, स्वास्थ्य र मनोरञ्जनका लागि आफुहरुले काम गर्ने बताउनुभयो ।

लेखक तथा विश्लेषक ऋषि आजादले सामाजिक सुरक्षा भत्ताले बृद्धबृद्धाहरुलाई हेर्ने दृष्टिकोण, उनीहरुप्रतिको सम्मान र प्रतिष्ठा बढेको बताउनुभयो । यो कार्यक्रमले नेपालमा समाजवादको एउटा प्रारम्भीक अभ्यास शुरु गरिसकेको बताउंँदै उहाँले नेकपा एमालेका अरु कार्यक्रमहरु यस्तै खालका लोकप्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ३ : ०२ बजे