‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रत्ननगरमा नेकपा एसको सिंगो कमिटी नै एमालेमा समाहित

रत्ननगर । नेकपा एकीकृत समाजवादी रत्ननगर- ३ को वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

अध्यक्ष अशोक भुसालको नेतृत्वमा एमाले प्रवेश गरेका नेता-कार्यकर्तालई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्वागत गरे छन् । एमालेमै फर्किनेमा सुबास भुसाल, दिपेश श्रेष्ठ, संजय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, ईश्वर लामा, लालबहादुर तामाङसहित छन् ।

कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  २ : ३३ बजे