हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

रुकुमपश्चिममा माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप: तरुण दलका ८ घाइते

तरुण दलका ८ कार्यकर्ता घाइते

सुर्खेत – रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी  केन्द्र र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । चुनाव प्रचारप्रसारका क्रममा माओवादी केन्द्र र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । 

झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

जसमध्ये ६ जनाको जिल्ला अस्पताल सल्ले र दुईजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कृष्ण पुन, वीरबहादुर वली, दुर्गाबहादुर वली, वीरबहादुर वली, चन्द्रबहादुर खड्कालगायतको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । २ घाइते स्थानीय मेडिकलमा उपचार गराइरहेका छन् ।

झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका कांग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको कांग्रेस कार्यकर्ताको आरोप छ । 

 कांग्रेस त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि पनि माओवादी कार्यकर्ताले आक्रमण गरेका छन् । माओवादीले जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेका कारणले झडप भएको जनाएको छ । 

माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप भएपछि त्यहाँ प्रहरी परिचालन गरिएको रुकुमपश्चिमका डिएसपी विष्णुप्रसाद सोतीले बताए । जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १२ : ४२ बजे