बाढीको स्थितिमा सुधार

स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगसहित सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत  सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भएको भेटवार्तामा सो आग्रह गर्नुभएको हो । 

उहाँले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई आफ्नो मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्नु आयोगलाई आग्रह गर्नुभयो । 

सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गत चैत निर्वाचन आचारसंहिता लागू भई तयारीका कार्य भइरहेकाबारे अवगत गराउनुभएको थियो ।
 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ७ : १५ बजे