हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

खेलकुदको विकासका लागि एमालेलाई जिताऔं : विष्णु पौडेल

बुटवल – नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले व्यक्तिको अनुशाशनसँगै राष्ट्रको विकास र संवृद्धिका लागि खेल आवश्यक रहेको बताउनु भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले बुटवलमा आयोजना गरेको खेलाडी र पूर्व खेलमन्त्रीबीचको छलफल कार्यक्रममा बोल्दै उहाँले अस्थीर राजनीतिका कारण देशले खेलकुदको भरपुर विकास गर्न नसकेको बताउदै स्थीर राजनीति र सरकारका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमाले नेतृत्वको सरकारले खेलकुदको विकास, खेलाडीको व्यवसायिकता र खेल पूर्वाधार निर्माणमा महत्वपूर्ण काम गरेको सम्झीनुभयो । ७ वटै प्रदेशमा स्पोर्टस एकेडेमी स्थापनादेखि खेलकुद पूर्वाधार विकासमा एमाले सरकारले सुरु गरेका खेलकुदका महत्वपूर्ण काम पूरा गर्न र संस्थागत गर्न पनि एमालेलाई जिताउन आवश्यक रहेको उहाँले जनाउनुभयो । ‘मदन भण्डारीको विचार जनजनमा पुर्याउदै खेलको विकासमा एकेडेमीको ठूलो महत्व छ । तपाईहरु पनि एमालेलाई जिताउन लाग्नुस् । खेलकुदको विकास मिलेर गरौंला’ उहाँले भन्नुभयो ।

पूर्व युवा तथा खेलकुद मन्त्रीमेत रहेका पौडेलले अस्थीर राजनीतिका कारण खेल क्षेत्रमा भएको क्षती परिपूर्ति मदन भण्डारी एकेडेमीले गरेको बताउनुभयो । खेलकुदलाई खेलाडीमात्रका लागि नभइ आम नागरिकको स्वास्थ्य, मनोरन्जन र विकाससंग जोड्न पनि उहाँले आग्रह गर्नुभयो । सबैकालागि खेल आवश्यक रहेको बताउदै उनले स्थानीय स्रोत साधनको प्रयोग गरेर चुनावमा एमालेको जीतसंगै खेलकुदको विकासमा युवा जोस र जाँगर लगाउनु पर्ने बताउनुभयो । खेलकुदको विकाससँगै जनताको बहुदलिय जनवादलाई नागरिकमाझ पुर्याउन स्पोर्टस एकेडेमीले ठूलो भूमिका खेलेको भन्दै प्रसंशा पनि गर्नुभयो ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एकेडेमीको प्रदेश, जिल्ला हुँदै ७५३ वटै स्थानीय तहमा कमिटी गठन भइरहेको बताउनुभयो । पालिकास्तरदेखि नयाँ खेलाडी उत्पादन गर्ने, खेलकुदमा लागेकालाई प्रशिक्षीत गरेर सबल बनाउने र सबललाई व्यवसायिक बनाउन आफूहरु लागेको बताउदै उहाँले मदनको विचार स्थापित गर्न पनि एमालेलाई जिताउन लाग्ने बताउनुभयो ।

एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले युवा जोस र जागरलाई खेलकुदमा लगाएर मदनको विचार मान्ने अनुशाशित युवा उत्पादन र देशमा संवृद्धिमा जुटेको चर्चा गर्नुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : २५ बजे