हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

झलनाथ खनाललाई उम्मेदवार बनाएर गल्ती गरे: अध्यक्ष ओली

इलाम – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाललाई गत निर्वाचनमा उम्मेदवार बनाएर गल्ती गरेको बताउनु भएको छ । उहाँले अब यस्ता गल्ती नगर्ने बताउनु भयो । अबका निर्वाचनमा मतदाता पनि अलमलमा पर्न नहुने बताउनु भयो ।

इलामको माइ नगरपालिकामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कार्यकर्ताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन सक्रिय भएर लागेको अवगत गराउनु भयो । उहाँले पार्टी सिध्याएर बाटो विराएकाहरुबाट सचेत हुन आग्रह गर्दै भुलवस बाटो विराउनेहरुलाई पनि पार्टीमा फर्किन आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ४५ बजे