हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बाबुराम भट्टराईको गृहनगरमा गठबन्धन टुट्यो

​​​​​​​काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा गठबन्धन टुटेको छ ।

यसअघी गोरखाको पालुङटार नगरपालिकामा र गोरखा नगरपालिकामा कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने निर्णय भएको थियो । दुबै दल बीच भागबण्डा नमिल्दा एक्ला एक्लै निर्वाचन लड्ने तयारी भएको हो ।

नेता कार्यकर्ताहरुको राय अनुसार दुबै दल स्वस्थ र मित्रवत् निर्वाचानमा जान तयार रहेको नेपाली कांग्रेस गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै मेयर, उपमेयर लगायत सबै वडाका उम्मेदवारहरुलाई निर्वाचित गराउने गरी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : २४ बजे