‘म्यादी’प्रहरी हुँ भन्दै सामाजिक सञ्जालमा भाइरल बनेका युवक पक्राउ

काठमाडौँ । म्यादी प्रहरी हुँ भन्दै सामाजिक सञ्जालमा भाइरल बनेका नवराज रेग्मी पक्राउ परेका छन्। म्यादी प्रहरीको पोसाकमा उत्तेजक भिडियो बनाउने रेग्मी आज पक्राउ परेका हुन् । 

आफू मेदि प्रहरी भएको भन्दै उत्तेजित भिडियो बनाउने युवकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको हो । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, कस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मेदी ।

माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्रहरीका अनुसार म्यादीको पोसाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् । ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का  हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : ५९ बजे